सोमवार, जेठ २१ २०८१
जेठ, २१ गते ताप्लेजुङ । मौवाखोला गाउपालिकाले दुई दिने वृहत् शैक्षिक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ।
शैक्षिक सम्मेलन मार्फत पालिकाले शिक्षा सुधारको ४२ बुंदे मैवाखोला घोषणापत्र तथा १० बुंदे साझा संकल्प पत्र जारी गरेको छ। मैवाखोला गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालय सुधारका लागि साझा संकल्प पत्र जारी गरेको हो।

संकल्प पत्रमा शिक्षक/कर्मचारी/ जनप्रतिनिधिका छोराछोरी आफैसँग भएको अवस्थामा सामुदायिक विद्यालयमा नै भर्ना गर्ने उल्लेख गरिएको छ।
संविधानको भावना तथा प्रावधान अनुरुप मातृभाषाको संरक्षण तथा प्रवर्धन, राष्ट्रिय माध्यम भाषा नेपालीमा पारङ्गत्त बनाउँदै अन्य विषयमा अंग्रेजी माध्यमवाट पठन पाठन गर्ने व्यवस्थापन गर्ने साथै लाइब्रेरी, विषयगत प्रयोगशाला, कम्प्युटर ल्याब लगायत अन्य प्राविधिक शिक्षा तथा कक्षा संचालनका लागि ऊचित प्रबन्ध तथा व्यवस्थापन गर्ने संकल्प अप्त्रमा उल्लेख गरेको छ।
त्यस्तै संकल्प पत्रमा बालमैत्री आधारमा शिक्षण सिकाइ गर्ने र कक्षा ९ देखि माथी कक्षा ९ देखि माथि पढ्दै कमाउँदै जस्ता व्यवहारिक सिकाइका कार्यक्रम संचालन उल्लेख छ।

शंकल्प पत्रमा सहभागी विद्यालयका प्रभाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा निर्वाचित जनप्रतिनिधिको हस्ताक्षर गरेका छन।
पालिकाले आयोजना गरेको वृहत् शैक्षिक सम्मेलनकोमा सबै विद्यालयका शिक्षक/प्रधानाध्यापक, व्यवस्थापन समितिका सदस्य, समन्वय इकाई प्रमुख, जिल्लाभरिका सबै स्थानीय तहका शिक्षा शाखा प्रमुख, स्थानीय पत्रकार तथा सरोकारवालान्को सहभागी रहेको थियो।
