Jul 27 2026 | २०८३, श्रावण ११ गते

चार सय ७३ बिद्यालयले बुझाए छात्रवृत्ति विवरण, बाँकीले तीन दिनभित्र विवरण नबुझाए विद्यालय बन्द गर्ने चेतावनी।

चार सय ७३ बिद्यालयले बुझाए छात्रवृत्ति विवरण, बाँकीले तीन दिनभित्र विवरण नबुझाए विद्यालय बन्द गर्ने चेतावनी।

  • 705
    SHARES

  • चार सय ७३ बिद्यालयले बुझाए छात्रवृत्ति विवरण, बाँकीले तीन दिनभित्र विवरण नबुझाए विद्यालय बन्द गर्ने चेतावनी।

    जेठ, २४ गते काठमाडौ । काठमाडौं महानगरपालिकाका ४७३ संस्थागत विद्यालयले १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको विवरण सार्वजनिक गरेको छ।

    महानगरपालिका शिक्षा विभागले एक सूचना जारी गर्दै संस्थागत विद्यालयले कक्षा १० सम्मका जम्मा विद्यार्थी संख्या १ लाख ४९ हजार ९५० को १० प्रतिशत १८ हजार ४२२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको विवरण सार्वजनिक गरेको हो ।

    सूचनामा छात्रवृत्ति विवरण बुझाउन बाँकी रहेका विद्यालयहरूले तीन दिन भित्र काठमाडौँ महानगरपालिका शिक्षा विभागको लिङ्क https://datacollection.kathmandu.gov.np/#/auth/basic छात्रवृत्ति विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

    अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७४ शिक्षा नियमावली, २०५० काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार काठमाडौं महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था रहेकोले कानुन अनुसार छात्रवृत्ति उपलब्ध गराउन सूचनामा उल्लेख छ।

    यस अवधिभित्र पनि माग भएको विवरण पेस नगर्ने विद्यालयहरूलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रूपमा अभिलेखीकरण गरी यस्ता विद्यालयहरूमा विद्यार्थी भर्ना नगर्न÷नगराउन र गराएको भए अन्यत्र स्थानान्तरण गर्न समेत चेतावनी दिएको छ ।

    साथै रीतपूर्वक छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयहरूलाई प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही हुने र यसबाट कुनै जोखिम या असर परे त्यसको पूर्व जवाफदेहिता विद्यालय स्वयंले व्यहोर्नु पर्ने जनाएको छ ।

    छात्रवृत्ति विवरण बुझाउने बिद्यालयको विवरण यस्तो छ।

    Polish_20240606_071447723.pngPolish_20240606_071901891.pngPolish_20240606_072132911.pngPolish_20240606_072503893.pngPolish_20240606_072618848.pngPolish_20240606_072719196.pngPolish_20240606_072813030.pngPolish_20240606_072904508.pngPolish_20240606_073006240.png

     

    images
    बिहिवार, जेठ २४ २०८१०८:१९:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार