Oct 02 2026 | २०८३, आश्विन १६ गते

छ बुदे माग सहित पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थी धर्नामा । (मागहरु सहित)

छ बुदे माग सहित पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थी धर्नामा । (मागहरु सहित)

  • 895
    SHARES

  • छ बुदे माग सहित पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थी धर्नामा । (मागहरु सहित)

    मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको गेटमा विभिन्न माग राखी विद्यार्थी धर्नामा बसेका छन् ।

    पूर्वाञ्चल विश्वविद्यालयका जनस्वास्थ्य संकाय स्कुल अफ हेल्थ साइन्सेजका विद्यार्थीहरु विभिन्न ६ बुदे माग सहित धर्नामा बसेका हुन्।

    विद्यार्थीहरु मापदण्ड अनुसार विषयगत प्रध्यापकहरुको व्यवस्था हुनुपर्ने, वार्षिक शैक्षीक पात्रोको निर्माण तथा कार्यान्वयन गरिनुपर्ने लगाएत नाराहरु सहित धर्नामा बसेका छन।

    यस्तो छन मागहरूः

    १. मापदण्ड अनुसार विषयगत प्रध्यापकहरुको व्यवस्था हुनुपर्ने ।

    २. वार्षिक शैक्षीक पात्रोको निर्माण तथा कार्यान्वयन गरिनुपर्ने ।

    ३. पुस्तकालयमा आवश्यक सङ्ख्यामा पुस्तक तथा पाठ्यक्रमले निर्देशित गरेका अन्य सन्दर्भ सामग्रीहरु उपलव्ध हुनुपर्ने ।

    ४. पाठ्यक्रममा तोकिएको पाठ्यभार अनुरुप पठनपाठन हुनुपर्ने तथा तोकिएका प्रयोगात्मक

    कक्षाहरु पूर्णरूपमा सञ्चालन हुनुपर्ने । ५. आधारभूत आवश्यकताहरुको परिपूर्तीसहित कक्षाकोठाहरुको उचित व्यवस्थापन हुनुपर्ने ।

    ६. अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको लागि छात्रावासको व्यवस्था हुनुपर्ने ।

    FB_IMG_1717637026135.jpg

    images
    बिहिवार, जेठ २४ २०८१११:०२:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार