Oct 03 2026 | २०८३, आश्विन १७ गते

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग प्रतिवेदन सार्वजनिक गर्नेबारे पदाधिकारीहरूसँग छलफल।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग प्रतिवेदन सार्वजनिक गर्नेबारे पदाधिकारीहरूसँग छलफल।

  • 606
    SHARES

  • उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग प्रतिवेदन सार्वजनिक गर्नेबारे पदाधिकारीहरूसँग छलफल।

    जेठ, २४ गते काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन -२०७५ सार्वजनिक गर्ने विषयमा आयोगका पदाधिकारीहरूसँग छलफल गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट शिक्षा मन्त्रालयले सो प्रतिवेदन प्राप्त गरेपछि यसको कार्यान्वयनको लागि मन्त्री सुमना श्रेष्ठले छलफल गरेकी हुन् ।

    बुधवार मन्त्रालयमा भएको कार्यक्रममा पूर्व शिक्षामन्त्रीद्वय गिरिराजमणि पोख्रेल र गङ्गालाल तुलाधर तथा पूर्व शिक्षा सचिव खगराज बरालसहित आयोगका अधिकांश सदस्यहरू उपस्थित रहेको थियो।

    मन्त्री श्रेष्ठले उक्त आयोगका पदाधिकारीहरूसँग प्रतिवेदन निर्माणको सन्दर्भ र कार्यान्वयनका चुनौतीका विषयमा सुझाव लिन र उनीहरूको योगदानका लागि धन्यवाद दिन अहिले मन्त्रालयमा अन्तरक्रिया गरिरहेकीछिन् ।

    आयोगका पदाधिकारीहरुलाई धन्यवाद दिँदै मन्त्री श्रेष्ठले प्रतिवेदन सार्वजनिक पनि हुने र कार्यान्वयन पनि हुने प्रतिबद्धता जनाएकि छन्। ‘सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई पत्रसहित प्रतिवेदन दिनुभएको छ। तपाईँहरूले सहयोग गर्नुस्। समसामयिक परिमार्जनसहित प्रतिवेदन कार्यान्वयनमा लैजाने हो।’ - उहाँले भन्नुभयो।

    images
    बिहिवार, जेठ २४ २०८१०८:५१:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार