शुक्रवार, जेठ २५ २०८१
जेठ, २५ गते काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग प्रतिवेदन २०७५’ सार्वजनिक गरेको छ । तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएर तयार पारिएको आयोगको प्रतिवेदन सार्वजनिक गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बिहिबार आयोगका पदाधिकारीहरूसँग प्रतिवेदन निर्माणको सन्दर्भ र कार्यान्वयनका चुनौतीका विषयमा सुझावका लागि छलफल गरे पश्चात करिब ६ वर्ष पछि शिक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याउने गरी सार्वजनिक गरेको छ ।
मन्त्री श्रेष्ठले सार्वजनिक गरिएको प्रतिवेदन कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाएकी छन् । ‘सम्माननीय प्रधानमन्त्रीले मलाई पत्रसहित प्रतिवेदन दिनुभएको छ । मन्त्री श्रेष्ठले भनिन्, तपाईँहरूले सहयोग गर्नुस्, समसामयिक परिमार्जनसहित प्रतिवेदन कार्यान्वयनमा लैजाने हो’