शनिवार, जेठ २६ २०८१
जेठ, २६ गते काठमाडौ। नेसनल प्याब्सन काठमाडौ जिल्ला कार्यसमितिको आयोजना तथा काठमाडौ महानगर समितिको संयोजनमा आयोजित चौथो काठमाडौ जिल्लाव्यापी 'हाजिरीजवाफ प्रतियोगिता' सम्पन्न भएको छ। प्रतियोगितामा काठमाडौ जिल्लाभरिबाट ५० वटा बिद्यालय सहभागी रहेका थिए।
हाजिरीजवाफ प्रतियोगिता जेठ २५ र २६ गते दुई दिन धुम्बाराही स्थित युनिभर्सल सेकेण्डरि स्कुलमा भयो।प्रतियोगितामा सहभागी मध्य ४ वटा स्कुल अन्तिम चरणमा छानिएका थिए ।

प्रतियोगितामा अन्तिम चारमा छानिएका मध्यवाट डल्लुमा अवस्थित दिव्यज्ञान स्कुल प्रथम स्थान , बाफलमा अवस्थित ग्रीनफिल्ड नेशनल सेकेन्डरि स्कुल द्वितीय, गोंगबुमा रहेको कान्तिपुर एकेडेमी तृतीय र कोटेश्वरमा अवस्थित न्यु भिजन एकेडेमीले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन।
बिजेता स्कुल टिममध्य प्रथम पुरस्कार रु. १० हजार, द्वितीय रु. ७ हजार, तृतीय पुरस्कार रु. ५ हजार र पोत्साहन पुरस्कार रु. ३ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेको थियो।

प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा काठमाडौ महानगरपालिकाका शिक्षा बिभाग प्रमुख गोविन्द प्रसाद सर्मा प्रमुख अतिथि रहनुभयो । साथै नेशनल प्याब्सनका पुर्व जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य खडक बस्नेत, काठमाडौ महानगरका पुर्व अध्यक्ष तथा केन्द्रीय सदस्य भीष्म पाण्डे, काठमाडौ जिला अध्यक्ष अमृत कुमार खडका, उपाध्यक्ष प्रेम कुमार भुजेल लगाएत पदाधिकारी, विभिन्न नगरका अध्यक्षहरु, स्कुल कलेजका प्रिन्सिपलहरुको उपस्थित रहेको थियो।

हाजिरीजवाफ प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बोल्दै काठमाडौ महानगरपालिकाका शिक्षा बिभाग प्रमुख गोविन्द प्रसाद सर्माले विद्यार्थीहरुलाई बधाइ तथा धन्यवाद ज्ञापन गर्नुभयो। विद्यार्थीहरुको चौतर्फी बिकासको लागी र पाठ्यक्रमले लक्षित सिकाइ हासिल गर्न कक्षा कोठाको सिकाइले मात्रै नभई अतिरिक्त क्रियाकलापहरुको समेत अत्यन्तै जरुरी रहेको बताउनुभयो ।

अतिरिक्त क्रियाकलापहरु जरुरी छ सर्माले भन्नुभयो, हाजिरिजवाफ प्रतियोगिताले विद्यार्थीहरुको बौद्धिक स्तरलाई फराकिलो बनाउन मद्दत गर्ने बताउनुभयो ।
एक फरक प्रसंगमा प्रमुख सर्माले सबैले ऐन नियम र कानुनको पालना गर्नैपर्ने भन्दै अन्यथा कानुन बमिजोम कार्बाही हुने बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा एनप्याब्सन काठमाडौ जिल्ला अध्यक्ष अमृत कुमार खड्कले हाजिरिजवाफ प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई उत्प्रेरणामुलक संदेश दिनुभयो। उहाँले विद्यार्थीहरुको शारीरिक, मानसिक तथा बौद्धिक बिकासमा सघाउ पुर्याउने उदेश्यले काठमाडौ एनप्याब्सनले नगरपालिका मार्फत कार्यक्रमहरु गर्ने गरेको बताउनुभयो।
हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम एनप्याब्सन काठमाडौ महानगरका अध्यक्ष बिजय खरेलको अध्यतामा सम्पन्न भएको थियो। प्रतियोगितामा Quiz मास्टर रन्जित गुप्ता र शर्मिला शाहीले नियमबद्ध तरिकाले प्रश्नोत्तरी गर्नुभएको थियो।

