Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रधानाध्यापक संघ नेपालद्वारा शिक्षामा योगदान पुर्‍याउने प्रअ, बिद्यालय र पालिका सम्मान ।

प्रधानाध्यापक संघ नेपालद्वारा शिक्षामा योगदान पुर्‍याउने प्रअ, बिद्यालय र पालिका सम्मान ।

  • 598
    SHARES

  • प्रधानाध्यापक संघ नेपालद्वारा शिक्षामा योगदान पुर्‍याउने प्रअ, बिद्यालय र पालिका सम्मान ।

    जेठ, २७ गते धुलिखेल । प्रधानाध्यापक संघ नेपालद्वारा(पान) ले लामो समयसम्म शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट प्रधानाध्यापक, शिक्षक र पालिकाहरूलाई सम्मान गरेको छ ।

    FB_IMG_1717900540855.jpg

    शनिबार शुरु भएको पानको राष्ट्रिय सम्मेलनको अवसरमा विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरी गठित मूल्याङ्कन समितिले सातवटै प्रदेशबाट सात पालिका, सात विद्यालय र सात जना प्रधानाध्यापकलाई पुरस्कृत गरेको हो ।

    FB_IMG_1717899885371.jpg

    शनिबारदेखी शुरु भएको पानको राष्ट्रिय समेनल २८ गतेसम्म चल्ने छ। पानले पुरस्कृत गर्न गठित मूल्याङ्कन समितिले मूल्याङ्कन गरी सातवटै प्रदेशबाट सात पालिका, सात विद्यालय र सात जना प्रधानाध्यापकलाई पुरस्कृत गरेको जनाइएको छ।

    FB_IMG_1717899900864.jpg

    पानले कोशी प्रदेशबाट उत्कृष्ट पालिका (स्थानिय तह) तर्फ सूर्योदय नगरपालिका इलाम, उत्कृष्ट विद्यालयमा सुकुना मावि सुन्दर हरैचा, मोरङ र उत्कृष्ट प्रधानाध्यापकतर्फ कुवेर प्रसाद भेटवाल श्री मनकामना रत्न अम्विका मावि। संखुवासभालाई पुरस्कृत गरेको छ ।

    मधेस प्रदेश बाट उत्कृष्ट पालिका (स्थानिय तह) तर्फ कोहलवी नगरपालिका बारा, उत्कृष्ट विद्यालयतर्फ जनता मावि गौरीडाँडा, बर्दिबास र उत्कृष्ट प्रधानाध्यापकतर्फ विनोद मेहता, शारदा मावि , सुगौली, पर्सालाई सम्मान गरेको छ ।

    त्यस्तै बागमती प्रदेशबाट उत्कृष्ट पालिका (स्थानिीय तह) तर्फ काठमाडौं महानगरपालिका, उत्कृष्ट विद्यालयतर्फ नारायणी मावि चितवन र उत्कृष्ट प्रधानाध्यापकतर्फ प्रदिप पराजुली, जनक मावि काभ्रेपलाञ्चोकलाई सम्मान गरेको छ ।

    गण्डकी प्रदेशबाट उत्कृष्ट पालिका (स्थानीय तह) तर्फ मध्यविन्दु नगरपालिका नवलपरासी पूर्व , उत्कृष्ट विद्यालयतर्फ विन्ध्यवासिनी मावि, बाटुलेचौर, कास्की र उत्कृष्ट प्रधानाध्यापक तर्फ लेख बहादुर हमाल, प्रकाश मावि, बेनी, कास्कीलाई सम्मान गरेको छ ।

    लुम्बिनी प्रदेशबाट उत्कृष्ट पालिका (स्थानीय तह) मा ठाकुरबाबा नगरपालिका, बर्दिया, उत्कृष्ट विद्यालय तर्फ कालिका मानवज्ञान मावि, रुपन्देही र उत्कृष्ट प्रधानाध्यापक तर्फ भागवत पौडेल, सेन्टर मावि, तुल्सिपुरलाई सम्मान गरेको छ ।

    कर्णाली प्रदेश बाट उत्कृष्ट पालिका (स्थानीय तह) चौरजहारी नगरपालिका, रुकुम पश्चिम, उत्कृष्ट विद्यालय तर्फ चन्दननाथ नमुना मावि।, खलङ्गा, जुम्ला र उत्कृष्ट प्रधानाध्यापकमा याम बहादुर श्रेष्ठ, जन नमुना मा।वि।, बिरेन्द्रनगर (६, सुर्खेत लाई सम्मान गरेको छ ।

    सुदूरपश्चिम प्रदेशकबाट उत्कृष्ट पालिका (स्थानीय तह) धनगढी उप महानगरपालिका, कैलाली, उत्कृष्ट विद्यालय तर्फ महेन्द्र नमुना मावि दार्चला र उत्कृष्ट प्रधानाध्यापक तर्फ (शुभराज उपाध्याय, मालिका नमुना मावि, बाजुरालाई सम्मान गरेको छ ।

    पुरस्कारका लागि सात प्रदेश बाट छनोट गरिएको स्थानिय तह, विद्यालय, र प्रधानाध्यापकहरु ।

    FB_IMG_1717900897478.jpg

    उत्कृष्ट पालिका (स्थानीय तह), विद्यालय र प्रधानाध्यापक छनौटका आधारहरु।

    Polish_20240609_082949185.jpg

    images
    आइतवार, जेठ २७ २०८१०८:३१:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार