आइतवार, जेठ २७ २०८१
जेठ, २७ गते काठमाडौ । ग्रीनफिल्ड एजुकेसन फाउन्डेसनले शिक्षकहरुलाई बिषयगत तालिम प्रदान गरेको छ। फाउन्डेसन अन्तर्गत ७ वटा बिद्यालयका शिक्षकरुलाई बिषयगत तालिम दिएको हो।
ग्रीनफिल्ड एजुकेसन फाउन्डेसनले हरेक बिषयको एक/एक जना बिषय विशेषज्ञ (Expert) हरु मार्फत तालिम दिदै आएको छ।

संस्थागत बिद्यालयका शिक्षकहरु तालिम प्राप्त नहुंदा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी नभएको भन्ने देशब्यापी बहस भईरहेको बेला फाउन्डेसनले अंग्रेजी, नेपाली, गणित, बिज्ञान र सामाजिक बिषय साथै प्रि-प्राइमेरि शिक्षा विशेषज्ञ (Expert) नियुक्ति गर्दै महिनाको हरेक अन्तिम आइतवार तालिम प्रदान गर्दै आएको ग्रीनफिल्ड नेशनल सेकेन्डरी स्कुलका प्रिन्सिपल खडक बहादुर बस्नेतले बताउनुभयो।

शैक्षिक क्रियाकलापलाई प्रभावकारी बनाउन र शिक्षकहरुलाई ट्रेन्ड गर्न हामिले बिषयगत बिज्ञहरु नियुक्त गरेका छौ। बस्नेतले भन्नुभयो, ''हरेक महिनाको अन्तिम आइतबार तालिम संचालन गर्ने र अन्य दिनहरुमा बिज्ञहरुद्वारा स्कुल कक्षा निरिक्षण गर्ने, सुझाव लिने र मोडेल कक्षा संचालन गर्ने गरेका छौ।''
महिनाको अन्तिम आइतबार बिषयगत वर्कसप, ट्रेनरहरुले एक महिनाको लागि योजाना निर्माण, सुझाव संकलन र शिक्षकहरुको अनुभव आदानप्रदान प्रदान, समस्या पहिचान तथा समाधानको उपाय बारे बहस छलफल गर्ने गरेको बस्नेतले बताउनुभयो ।
फाउन्डेसनले सबै स्कुलमा सूचनाहरु आदानप्रदान गर्नका साथै अभिभावक, विद्यार्थी, शिक्षक काउन्सिलिङ तथा ब्यबस्थापन गर्न सूचना अधिकृतको रुपमा इन्दिरा पोख्रेललाई नियुक्त गरेको छ।
कोहिपनी बालबालिका शिक्षाबाट बञ्चित नहुन भन्नको लागी ग्रीनफिल्ड एजुकेसन फाउन्डेसनले कम्तिमा २० वटा बिद्यालय निर्माण गर्ने तथा न्युनतम र सर्वसुलभ शुल्कमा बालबालिकाहरुलाई आधारभूत देखि माद्यामिक सम्मको शिक्षा दिने मुख्य उदेश्य रहेको सुचना अधिकृत इन्दिरा पोख्रेलले बताउनुभयो।
त्यसैगरी शिक्षकहरुलाई तालिम दिन बिज्ञको रुपमा रहनुभएका प्रा.डा. राम कृष्ण महर्जन (School Consultant) ले फाउन्डेसन अन्तर्गतका स्कुलहरुको शैक्षिक गुणस्तरलाई कसरी उठाउने भन्ने अभियानमा रहेको र हरेक महिनाको अन्तिम आइतबार शिक्षकहरुलाई बोलाएर तालिम दिने साथै उनिहरुलाई आवस्यक पर्ने कुराहरु पुर्ती गर्ने गरेको बताउनुभयो।

संस्थागत बिद्यालयका शिक्षकहरुलाई किन ट्रेनिङ चाहिन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, खास गरेर प्राइभेट स्कुलहरुका शिक्षकहरु ट्रेन्ड नहुने र शिक्षण सिकाइ क्रियाकलापमा आवस्यक कुराहरु के हुन भन्ने सिकाउन जरुरी रहेको बताउनुभयो।
दुइटा बिधिबाट ट्रेनिङ संचालन गरेको छ। बिज्ञ महर्जनका अनुसार सबैलाई आवस्यक पर्ने जेनेरिक ट्रेनिङ र बिषयगत ट्रेनिङ दुइटा बिधिबाट दिएको हुनाले शिक्षकहरु कक्षा कोठामा आफ्नो Performance देखाउन सक्ने बिस्वास रहेको बताउनुभयो।
तालिममा फाउन्डेसनका कार्यकारी निर्देशक राजुराम अधिकारी,रानिबन पाठशालाका प्राचार्य माधव बेल्बासे लगाएत १५० भन्दा धेरै शिक्षकहरुको उपस्थिति रहेको थियो।
