Oct 10 2026 | २०८३, आश्विन २४ गते

विश्व योग दिवस विद्यालयस्तरमै मनाइने ।

विश्व योग दिवस विद्यालयस्तरमै मनाइने ।

  • 545
    SHARES

  • विश्व योग दिवस विद्यालयस्तरमै मनाइने ।

    जेठ, २९ गते काठमाडौ । सरकारले आगामी असार ७ गते ‘विश्व योग दिवस’ मनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा मन्त्री सुमना श्रेष्ठको अध्यक्षता सोमवार बसेको मूल समारोह समितिको बैठकले 'महिला सशक्तीकरणका लागि योग' भन्ने आदर्श वाक्यका साथ मनाउने निर्णय गरेको हो ।

    बैठकले प्रदेश र स्थानीय तहमा विद्यालयस्तरमा मनाउने निर्णय गरेको छ। साथै विश्व योगदिवस विद्यालय स्तरमै मनाउन सबै शिक्षा विकास तथा समन्वय इकाई मार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय भएको छ । साथै बैठकले प्रदेश तह र स्थानीय तहमा समेत योग दिवस मनाउन पत्राचार गर्ने निर्णय गरेको छ ।

    योग ध्यानसँग सम्बन्धित संस्थाहरूलाई योग ध्यानका कार्यक्रमहरू सञ्चालन गरी दिवस मनाउन अनुरोध गर्ने मूल समारोह समितिले जनाएको छ ।

    असार ७ गने सञ्चालन हुने मूल कार्यक्रम प्रधानमन्त्रीको प्रमुख आतिथ्ययतामा एसओएस स्कुल सानो ठिमि भक्तपुरको हातामा सञ्चालन गर्ने र यसको सञ्चालन तथा व्यवस्थापनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई जिम्मेवारी दिइएको छ । मूल समारोहमा उपस्थितिका लागि नेपाल स्थित कूटनीतिक नियोगलाई परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय भएको छ ।

    images
    मंगलवार, जेठ २९ २०८१०९:३४:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार