बुधवार, जेठ ३० २०८१
जेठ, ३० गते तनहु । नेपाल पुलिस स्कुल बेलचौतारा, तनहुँमा रिक्त प्राचार्य नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र (वि.सं. २०८१ असार ४ गते, सो दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट छनोट बोर्डको सचिवालय नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखा, स्कूल समन्वय डेस्क, नक्सालमा बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म तथा स्क्यान कपी kalyan@nepalpolice.gov.np वा phqschooldesk@gmail.com मार्फत दरखास्त पेस गर्न सकिने छ।
दरखास्त फाराम नेपाल प्रहरीको वेवसाइट www.nepalpolice.gov.np बाट प्राप्त गर्न सकिनेछ ।
थप जानकारीका लागि नेपाल प्रहरी प्रधान कार्यालय, स्कूल समन्वय डेस्क नक्सालका प्रहरी निरीक्षक बुद्दि सागर पुरी, टेलिफोन नं. ९८५१२८१५१९ वा ०१-५७१९९०१ Ext. २४९ मा सम्पर्क गर्न सकिनेछ ।
