Jul 27 2026 | २०८३, श्रावण ११ गते

सामुदायिक विद्यालयले भाडामा लगाएका सटर बन्द नगराउन उच्च अदालतको आदेश

सामुदायिक विद्यालयले भाडामा लगाएका सटर बन्द नगराउन उच्च अदालतको आदेश

  • 476
    SHARES

  • सामुदायिक विद्यालयले भाडामा लगाएका सटर बन्द नगराउन उच्च अदालतको आदेश

    जेठ, ३२ गते काठमाडाैँ । उच्च अदालत पाटनले सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरहरुलाई बन्द नगर्न आदेश दिएको छ। न्यायाधीश लेखनाथ पौडेलको इजलासले ७ असारसम्मका लागि सामूदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु बन्द नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो।

    काठमाडौ महानगर अन्तर्गतको नगर प्रहरीले बिद्यालयले भाडामा लगाई व्यवसाय चलाइरहेका सटर तान्दै ताला लगाउन थालेपछि तुलसीप्रसाद अगस्तीले मंगलबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए।

    उच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेवारे छलफल गर्न दुवै पक्षलाई ७ असारमा छलफलका लागि बोलाएको छ।

    शैक्षिक कामकारवाहीका लागि उपयोग हुनुपर्ने ठाँउमा भाडामा लगाएको भन्दै काठमाडौ महानगरपालिकाले सटरहरुमा ताला लगाएको थियो।

     

    images
    शुक्रवार, जेठ ३२ २०८१०८:०६:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार