आइतवार, आषाढ २ २०८१
असार, २ गते काठमाडौ । नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालयले शिक्षकको लागि दर्खास्त आह्वान गरेको छ। बिद्यालयले माध्यमिक तहमा (कक्षा ११/१२ लाई समेत) अध्यापन गराउन सक्ने संस्कृत व्याकरण विषय शिक्षक-१ जना, सिद्धान्त ज्योतिष शिक्षक-१ जना मावी तृतीय श्रेणी साथै निमावि तहको लागी संस्कृत व्याकरण विषय शिक्षक-१ जना (निमावि तृतीय श्रेणी) शिक्षको करार सेवामा पदपूर्तिको लागि दर्खास्त मागेको हो।
विद्यालयको सम्पूर्ण नीति नियम पालना गरी अध्यापन गर्न इच्छुक, १८ वर्ष पूरा भई ३५ (महिलाका हकमा ४०) वर्ष ननाघेका योग्य नेपाली नागरिकले आफ्नो नागरिकता एवं शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि र तीन प्रति फोटो संलग्न गरी व्यक्तिगत विवरण सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र विद्यालयमा दरखास्त दिन यो सूचना प्रकाशित गरिएको छ ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बद्ध विषयमा स्नातक तह परीक्षा उत्तीर्ण गरेको र निमाविको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बद्ध विषयमा उत्तरमध्यमा वा १२ कक्षा परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै विशेष योग्यता सम्बन्धित विषयमा मा.वि. तहमा स्नातकोत्तर र नि.मा.वि. तहमा स्नातक तह उत्तीर्ण तहको परीक्षा उत्तीर्ण गरी गुरुकुल सम्बद्ध आचरणमा प्रतिबद्धलाई विशेष ग्राह्यता दिइनेछ ।
आवेदन शुल्क मा.वि.को हकमा रु. १,०००/- र नि.मा.वि.को हकमा रु. ७०० लाग्ने छ।
