Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षामा दलीय राजनीतिको अन्त्य गरेरै छाड्ने : शिक्षामन्त्री

शिक्षामा दलीय राजनीतिको अन्त्य गरेरै छाड्ने : शिक्षामन्त्री

  • 571
    SHARES

  • शिक्षामा दलीय राजनीतिको अन्त्य गरेरै छाड्ने : शिक्षामन्त्री

    असार, ४ काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिको अन्त्य गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरेकी छन। मंगलबार शिक्षा मन्त्रालयको जिम्मेवारी समालेको सय दिन पुगेको सन्दर्भमा सञ्चारकर्मीहरूसँगको संवादमा आफूले शिक्षा क्षेत्र सुधारका लागि नीतिगत पहल गरिरहेको र केही परिवर्तन आएको दाबी दलिय राजनीति अन्त्य गर्ने प्रतिबद्धता जनाएकी हुन।

    आफू तथ्य र तथ्याङ्कलाई विश्लेषण गरेर काम गरिरहेको बताउँदै दलीय राजनीति मुक्त शिक्षा क्षेत्र बनाउने अभिलाषाका साथ अगाडि बढेको बताउदै मन्त्री श्रेष्ठले राजनीतिक दलमा आबद्ध भएका शिक्षहरूलाई दलीय सदस्यता त्याग्न आह्वान गरिएको र स्थानीय तहसँग सोको विवरण माग, ताकेता र स्पष्टीकरण माग गरिएको जानकारी दिइन ।

    सञ्चारकर्मीहरु संगको सम्बादमा मन्त्री श्रेष्ठले हालसम्म ४५ जना शिक्षकको उजुरी प्राप्त भएको, ४१ जनलाई स्पष्टीकरण सोधिएको, ४ जना शिक्षकले सफाइ पाएको, २० जना शिक्षकले शिक्षण पेशाबाट राजीनामा गरेको र ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेको बताइन ।

    त्यसैगरी काजमा गएका शिक्षकहरूको एकीकृत तथ्यांक बनाउने प्रक्रियामा रहेको बताउँदै २ सय ९१ काजमा रहेका शिक्षकहरूमा ५४ जनाको काज फिर्ता भएको र ५९ शिक्षकसँग स्पष्टीकरण सोधिएको बताइन ।

    images
    मंगलवार, आषाढ ४ २०८१०६:२९:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार