Oct 03 2026 | २०८३, आश्विन १७ गते

काठमाडौ बर्नहार्ट, २५औं बर्षमा प्रवेश गरेको अवसरमा २५ जना विद्यार्थीलाई नि:शुल्क छात्रवृत्ति दिने

काठमाडौ बर्नहार्ट, २५औं बर्षमा प्रवेश गरेको अवसरमा २५ जना विद्यार्थीलाई नि:शुल्क छात्रवृत्ति दिने

  • 845
    SHARES

  • काठमाडौ बर्नहार्ट, २५औं बर्षमा प्रवेश गरेको अवसरमा २५ जना विद्यार्थीलाई नि:शुल्क छात्रवृत्ति दिने

    असार, ४ गते काठमाडौं । नेपालको शैक्षिक क्षेत्रमा काठमाडौ बर्नहार्ट कलेजले आफ्नो छुट्टै र बिशिष्ट पहिचान बनाइसकेको छ। २०५७ साल असार १४ गते स्थापना भएको काठमाडौ बर्नहार्ट फाउन्डेसन द्वारा संचालित बर्नहार्ट स्कुल /कलेज अध्ययन र अध्यापनको क्षेत्रमा ठूलो छलाङ मारेको छ ।

    स्थापनाको २५ औं बर्ष प्रवेश गर्दै गर्दा बर्नहार्ट स्कुल/ कलेजले २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ । बर्नहार्टले आगामी शैक्षिक सत्र कक्षा ११ मा भर्ना हुनका लागि आउने विद्यार्थीहरुलाई लक्षित गर्दै यस्तो घोषणा गरेको हो।

    Polish_20240618_212423325.png

    कलेज २५ औं बर्षमा प्रवेश गरेको अवसरमा कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरुलाई लक्षित गरेर २५ जना विद्यार्थीलाई नि:शुल्क पढाउने योजना बनाएको बर्नहार्ट कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले बताउनुभयो ।

    कलेजले छात्रवृत्ति घोषणा गरेसँगै GPA - 4 (जिपिए ४) ल्याएकामध्ये पहिले भर्ना हुन आउने २५ जना विद्यार्थीहतुलेले काठमाडौ बर्नहार्ट कलेजमा कक्षा ११ र १२ निःशुल्क अध्ययनको अवसर पाउने छन् ।

    उच्च शिक्षाको पहिलो ढोका मानिने एसईई परीक्षामा राम्रो अंक प्राप्त गरेर पनि उच्च शिक्षा अध्ययनका लागि आर्थिक कठिनाईमा रहेका विद्यार्थीहरुको लागि यो योजना सुनौलो अवसर बन्ने कलेज प्रशासनको धारणा छ ।

    काठमाडौ बर्नहार्ट स्कुल कलेजले कक्षा नर्सरीदेखि मास्टर अर्थात् स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन गराउँदैं आइरहेको छ।

    विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त बर्नहार्ट त्रिभुवन विश्वविद्यालयबाट क्यूएए मान्यता पाउने पहिलो संस्थागत शिक्षण संस्था पनि हो । काठमाडौ बर्नहार्टले नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०७६ सालमा निजीतर्फ उत्कृष्ट महाविद्यालय घोषित हुँदैं सम्मानित भएको थियो ।

    प्री रजिस्ट्रेसनका लागि Click गर्नुस ।

    FB_IMG_1718725267912.jpg

    images
    मंगलवार, आषाढ ४ २०८१०९:१६:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार