बुधवार, आषाढ ५ २०८१
काठमाडौं । काठमाडौं विश्वविद्यालयले यसै शैक्षिक सत्रबाट स्नातक तहमा पहिलो पटक डेटा साइन्स (बीडीएससी) विषय अध्यापन गर्ने भएको छ । विश्वमा बढ्दै गएको डेटामा काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयको स्कुल अफ साइन्स अन्तर्गत डेटा साइन्स विषय बढाउने भएको हो ।
स्कुल अफ साइन्स अन्तर्गतको डिपार्टमेन्ट अफ विश्वविद्यालयले अध्यापन गर्ने यो कोर्स चार बर्षको हुने Mathematics का सहप्राध्यापक डा. रविन्द्र कायस्थले बताउनुभयो । कोर्समा विद्यार्थीले डेटा एनालिसिस, मसिन लर्निङ, सफ्टवेयर लगायतका विषयमा अध्ययन गर्नेछन् । यो कोर्स म्याथम्याटिक्स, कम्प्युटर साइन्स, स्टाटिस्टिक्स र बिजनेसेस इन्टेलिजेन्सको मिश्रण भएको उहाँले बताउनुभयो।
क्रेडिट आवर १२० रहेको यो कोर्समा अध्ययन गर्न चाहने विद्यार्थीले १२ कक्षामा कम्तीमा पनि ‘सी’ ग्रेड, २.० सीजीपीए अथवा ५० प्रतिशत अङ्क ल्याएकाे हुनुपर्छ । एक वर्षमा बढीमा ३० जना विद्यार्थी भर्ना हुन सक्ने यो कोर्सका लागि साढे आठ लाख रुपैयाँ लाग्ने सहप्राध्यापक डा. कायस्थले जनाए ।
उनका अनुसार अबको केही समयपछि यस विषयमा विद्यार्थी भर्ना हुनसक्ने छन् । कोर्स अध्ययनपछि विद्यार्थी डेटा इन्जिनियर, डेटा आर्किटेक्ट, डेटा एनालिस्ट, डेटा साइन्टिस्ट बन्न सक्ने छन् ।