Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रावि तृतीय श्रेणी शिक्षकको प्रवेश पत्र प्रिन्ट गर्न सकिने

प्रावि तृतीय श्रेणी शिक्षकको प्रवेश पत्र प्रिन्ट गर्न सकिने

  • 1.1K
    SHARES

  • प्रावि तृतीय श्रेणी शिक्षकको प्रवेश पत्र प्रिन्ट गर्न सकिने

    असार, ७ गते काठमाडौ । प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा-२०८१ को प्रवेशपत्र प्रिन्ट गर्न सकिने भएको छ। शिक्षक सेवा आयोगबाट मित्ति २०८१/०१/१५ गते प्रकाशित प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन बमोजिम दरखास्त फाराम भर्ने उम्मेदवारहरुले प्रवेशपत्र प्रिन्ट गर्न सक्ने छन।

    प्रवेशपत्र प्रिन्ट गर्न आयोगको अनलाइन दरखास्त पोर्टल https://online.tsc.gov.np बाट दरखास्त फाराम रजिष्टर्ड गरिएको Email Address र Password बाट Login गरी "दरखास्त पेश गरेको विवरण" मा Click गरी पुनः "View" मा Click गरेर 'प्रवेशपत्र हेर्न यहाँ क्लिक गर्नुहोस बाट डाउनलोड गरी प्रिन्ट गर्न सकिने सूचनामा उल्लेख छ।

    साथै प्रवेशपत्रको प्रतिलिपि शिक्षक सेवा आयोगबाट दिने व्यवस्था नभएकोले प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा अनिवार्य रुपमा प्रवेशपत्र साथमा लिएर आउन समेत सुचित गरेको छ।

    यदि आफ्नो Email address र Password बिर्सिएको अवस्थामा शिक्षक सेवा आयोगको दरखास्त पोर्टलमा दिइएको निर्देशन अनुसार गर्न सकिने छ।

    FB_IMG_1718955170733.jpg

    images
    शुक्रवार, आषाढ ७ २०८१०१:२७:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार