आइतवार, आषाढ ९ २०८१
असार, ९ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले स्नातक तहका विभिन्न विषयहरुमा २०८१ सालको नयाँ विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा सम्वन्धी सूचना जारी गरेको छ।
विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार पठन पाठन हुने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT), Bachelor in Information) Technology (BIT), Bachelor in Mathematical Sciences (Actuarial Science) तथा वार्षिक परीक्षा प्रणाली अनुसार पठन पाठन हुने विज्ञान तर्फ (B.Sc.) विषयमा भर्ना हुन इच्छुक विद्यार्थीहरुको निमित्त २०८१ सालको प्रवेश परीक्षा तथा नयाँ भर्ना सम्बन्धी सूचना प्रकाशित गरेको हो।
प्रवेश परीक्षाको लागि आवश्यक न्युनतम योग्यता, आवेदन फाराम दस्तुर सहित विस्तृत जानकारी २०८१ साल आषाढ १६ गते यस अध्ययन संस्थानको वेवसाइट https://iost.tu.edu.np मा प्रकाशित गरिने उल्लेख छ। साथै प्रवेश परीक्षासंग सम्बन्धीत अन्य सूचनाहरु यस अध्ययन संस्थानको वेवसाइट https://iost.tu.edu.np मा प्रकाशित गरिने जानकारी दिएको छ।
