सोमवार, आषाढ १० २०८१
काठमाडौँ । कक्षा १० उत्तीर्ण गरेपछि कक्षा ११ अध्यापन हुने काठमाडौँ उपत्यका भित्रका अग्रणी शैक्षिक संस्था मध्ये एक हो, एड-मार्क एकेडेमी। काठमाडौ महानगर वडा १४ कलंकी चोक नजिकै रहेको एडमार्क एकेडेमी शिक्षण सिकाइ तथा गतिविधिको लागी परिचित छ।
भर्नाको लागि फोटोमा Click गर्नु्स् ।
सुबिधा सम्पन्न भौतिक संचरनामा उत्कृष्ट ब्यबस्थापन र शैक्षिक ब्याक्तित्वहरुको अथक मिहेनत र अभिभावकको विश्वासका कारण यो कलेज विद्यार्थीहरुको रोजाइमा पर्ने गर्दछ।

२०५६ मा स्थापना भएको यस विद्यालयले तत्कालिन उच्च माध्यमिक शिक्षा बोर्डबाट सम्बन्धन लिएर कक्षा ११ र १२ मा Science, Management, Humanities र Law समूहका सबै विषय अध्यापन गराउँदै आएको छ।

यसका अलावा एडमार्क फाउन्डेसन भित्र मन्टेश्वरी (पूर्व प्राथमिक तह) देखि स्नातकोत्तरसम्म अध्यापन हुने गरेको छ। यसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहमा BBS, BA, BASW र BCA अध्यापन गराउँदै आएको छ भने स्नातकोत्तर तहमा MBS अध्यापन गर्दै आएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने माध्यमिक शिक्षा परिक्षा कक्षा १० (SEE) र कक्षा १२ को परीक्षामा हरेक बर्ष उत्कृष्ट नतिजा ल्याउने गरेको यस एकेडेमीमा करिब २५ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन्। योग्य र अनुभवी दक्ष शिक्षकहरूबाट उत्कृष्ट शिक्षण पद्धति र विद्यार्थीलाई श्रव्यदृश्य सामाग्रीबाट अध्यापन गराउनुका साथै सामूहिक छलफल, सहायक पाठ्यसामग्री, सन्दर्भ पुस्तकहरू, पत्रपत्रिकाबाट विषयबस्तुहरू छनोट गर्दै सिपयुक्त दक्ष जनशक्ति र विशेषज्ञ उत्पादन गर्न मद्दत गरेको छ।

स्कुल/कलेजमा समय समयमा अभिमुखीकरण तालिम, अभिभावक भेला, कार्यशाला, फिल्ड रिसर्च गरी सिकाइलाई व्यवहारिक र जीवनउपयोगी बनाउन विद्यार्थीलाई पढाइमा सक्रिय सहभागी गराउदै प्रोजेक्टमा आधारित कार्यगत जिम्मेवारी गराइन्छ। एस एकेडेमीले जेहेन्दार तथा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने साथै आर्थिक रुपमा विपन्न, पिछडिएको क्षेत्रबाट आउने, सहिदपरिवार लगाएतका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। त्यसैगरी कक्षा ११ र १२ मा मेडिकल, इन्जिनियरिङ र व्यवस्थापन अध्ययनका अवसरहरूबारे परामर्श, व्यावसायिकता सम्बन्धि थप कक्षा सञ्चालन गर्ने गरेको छ।

स्कुल/ कलेजमा शिक्षण सिकाइलाइ थप प्रभावकारी बनाउन डिजीटल लाइब्रेरी, बिज्ञान तथा कम्प्युटर ल्याब, स्पोर्ट्स क्लबहरु सञ्चालनमा छन्। त्यसैगरी विद्यार्थीहरुको सर्बाङ्गिण बिकसका लागी पढाईका साथसाथै खेलकुद (बास्केटबल, क्रिकेट, ब्याडमिन्टन, टेबलटेनिस, फुटबल, भलिबल) गायन,नृत्य, चित्रकला, बक्तृत्वकला, हाँजिरिजवाफ लगाएत बिबिध क्रियाकलापहरुमा समेत विशेषज्ञ जोड दिने गरेको छ। यसएकेडेमीले प्रतिभालाइ सम्मान गर्दै कक्षा ११ मा भर्ना हुदा समेत विभिन्न कृयाकलापमा रुचि भई त्यस क्षेत्रमा लाग्ने विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको ब्यबस्था समेत गर्ने गरेको छ।

काठमाडौको कलंकिमा रहेको एड-मार्क एकेडेमी मध्यम तथा न्यून आय भएका उपत्यका बाहिरबाट आउने अभिभावक तथा विद्यार्थीहरुको लागि अत्यन्तै सहज हुने गरेको त्यहा अध्ययनरत विद्यार्थीहरुको बुझाइ छ।