मंगलवार, आषाढ ११ २०८१
असार, ११ गते । काठमाडौको चन्द्रागिरी नगरपालिका १४, नैकापमा अवस्थित सान इन्टरनेशनल कलेज भौतिक रुपमा सुविधासम्पन्न र आधुनिक शिक्षाका सबै आयामलाई अवलम्बन गरको छ । २१ औं सताब्दिको सूचना प्रविधि तथा आवश्यकतालाई सम्बोधन गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उदेश्यका साथ SANN कलेज त्यो अनुरुपको शिक्षण प्रविधिको प्रयोग गर्न तल्लिन रहेको छ।
बिगत २५ बर्ष देखि काठमाडौको गैरिधारामा संचालनमा रहेको सान इन्टरनेशनल कलेज 'Equips One for Life' भने मुल मन्त्रका साथ नैकापमा आफ्नै भौतिक संरचनामा नयाँ ब्यबस्थापन सहित संचालन भौरहेको छ। जसले ५ वटा 'स' अर्थात पञ्चतत्व "शिक्षा - स्वास्थ्य - सीप - संस्कार = सफलता" लाई अंगालेको छ।
सान कलेजमा +२ अन्तर्गत बिज्ञान र ब्यबस्थापन समुहका बिषयहरु पठनपाठन हुने गरेकाछन। साथै स्नातक तहमा BBA, BSc. Biotechnology, र स्नातकोत्तर तहमा MBA समेत पठनपाठन हुने गरेको छ। BBA , BSc. Biotechnology र MBA पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत संचालित छन्। साथै कलेजमा छिट्टै BIT को प्रक्रिया चलिरहेको कलेजका प्राचार्य सुवास घिमिरेले बताउनुभयो।
सानमा कक्षा ११/१२ मा बिज्ञान र ब्यबस्थापन बिषय जसअन्तर्गत Hotel Management, Travel & Tourism, Computer Science पढाइ हुने गरेको छ। सान कलेजमा डिजिटल कक्षाकोठा, E-classroom, E- Library, Workshap & सुबिधासम्पन्न Lab रहेको छ।
SANN कलेज नेपालको B.Sc. Biotechnology पढाई हुने एकमात्रै कलेज जहाँ ८ वटा ल्याब संचालनमा रहेको कार्यकारी निर्देशक कर्णबहादुर शाहिले बताउनुभयो । संस्कार सहितको व्यवहारिक र जीवनोपयोगी ज्ञानलाई प्राथमिकतामा राखेको यस कलेजले विद्यार्थीको सोच, चाहना, क्षमता र लक्ष्य अनुसारको शिक्षा प्रदान गर्दै आइरहेको कलेजका निर्देशक शाहिले बताउनुभयो।
निर्देशक शाहिले +२ पछी विद्यार्थी पलायन सबैभन्दा ठूलो समस्या भएको भन्दै विद्यार्थीहरु उच्च शिक्षाको लागि हुने पलायन रोक्न त्यो अनुरुपको शिक्षण सिकाइमा ध्यान दिदै उद्योग र प्राज्ञिक संघसंस्थासंग सहकार्य गरि अगाडि बढ्ने बताउनुभयो।

२०५६ मा स्थापना भएको SANN कलेजले तत्कालिन उच्च माध्यमिक शिक्षा बोर्डबाट सम्बन्धन लिएर कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन समूहका विषय अध्यापन गराउँदै आएको छ।
जसमध्ये हालको खेलकुद मन्त्री बिराज महर्जन, काठमाडौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल तथा नेपाली क्रीकेट टिमका क्याप्टेन रोहित पौडेल समेत SANN कलेजमै अध्ययन गरेको पुर्व विद्यार्थी हुन्।
सान कलेजले माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीहरूका लागि लक्षित एडु इन्फो फेयर संचालन गरिरहेको छ। जसको माध्यामबाट विद्यार्थीहरुलाइ कक्षा ११ मा के विषय पढ्ने, कहाँ पढ्ने लगायतका विषयमा जानकारी दिइने सो कलेजका प्रोग्राम कोर्डिनेटर आसिक सिंह ठकुरिले जानकारी दिनुभयो ।

सान कलेजले थानकोटमा आफ्नै २० रोपनी जमिनमा सुविधा सम्पन्न भौतिक संरचना सहित अन्तर्राष्ट्रिय स्तरको स्कुल समेत निर्माण गरिरहेको छ।
