Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई नतिजा सार्वजनिक: ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण ।

एसईई नतिजा सार्वजनिक: ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण ।

  • 749
    SHARES

  • एसईई नतिजा सार्वजनिक: ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण ।

    असार, १३ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परिक्षा बोर्डको आज बसेको बैठकले सार्वजनिक गर्ने निर्णय गरेको हो।

    माद्यामिक शिक्षा परीक्षा एसईईमा यसबर्ष ४७.८६ प्रतिशत अर्थात दुई लाख ४२ हजार ९२ उत्तीर्ण भएका छन। भने ५२.१४ प्रतिशत २ लाख ४२ हजार ३१४ जना विद्यार्थी NG अर्थात अनुत्तीर्ण भएका छन। बोर्डका अनुसार बोर्डका अनुसार पासमध्य १८६ जना विद्यार्थीले ४.० जिपीए ल्याएका छन भने २२१ जना विद्यार्थीहरुको परिक्षा रद्द भएको छ।

     

    FB_IMG_1719464908659.jpg

    बोर्डका अनुसार ३१ हजार २०९ जनाले SEE मा 3.6 देखि 4.0 GPA ल्याएका छन् । यस्तै जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपी २.४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २०.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना विद्यार्थी रहेका छन् ।

    साथै १ लाख १५ हजार ८३४ जनाले १ वा २ विषयमा NG ल्याएका छन् । जसले Grade Promotion Exam मा भाग लिन पाउनेछन् ।

    गत चैत १५ देखि २७ गतेसम्म भएको एसइई परीक्षामा देशभरका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी थिए ।

    बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

    विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्छ । ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्छ ।

    बोर्डले २०७२ देखि लेटर ग्रेडिङ पद्धति अनुसार नतिजा सार्वजनिक गर्दै आएको छ । २०७८ मा निर्देशिका संशोधन गरेर ग्रडेड हुन वा माथिल्लो कक्षामा भर्ना हुनका लागि न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरेको थियो । गत वर्षसम्म पुरानो पाठ्यक्रमकै आधारमा परीिक्षा लिइएको हुदा संशोधित निर्देशिका लागु भएको थिएन ।

    एसइई परिक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिनेछ । आइभीआरका लागि नेपाल टेलिकमको ल्यान्ड लाइन फोन तथा मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार नतिजा थाहा पाउन सकिनेछ ।

    नतिजा हेर्न १६०० मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट SEE टाइप गरी १६०० मा पठाएर वा वेवसाइटमा https://see.ntc.net.np बाट सजिलैसँग प्राप्त गर्न सकिन्छ। त्यस्तै राष्ट्रिय परिक्षाबोर्डको वेब साइट http://see.gov.np/result मा गएर पनि हेर्न सकिने छ।

    नतिजा हेर्न 

    FB_IMG_1719362793122.jpg

    images
    बिहिवार, आषाढ १३ २०८१०९:२६:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार