बिहिवार, आषाढ १३ २०८१
असार, १३ गते काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परिक्षा बोर्डको आज बसेको बैठकले सार्वजनिक गर्ने निर्णय गरेको हो।
बोर्डका अनुसार एसईई २०८० मा २ विषयसम्म NG ल्याउने वा अनुत्तीर्ण हुने विद्यार्थी १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा र ४८,०३८ २ विषयमा अनुत्तीर्ण छन् । त्यस्ता विद्यार्थीका लागि साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिने छ ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार यसबर्ष ४७.८६ प्रतिशत अर्थात दुई लाख ४२ हजार ९२ उत्तीर्ण भएका छन। भने ५२.१४ प्रतिशत २ लाख ४२ हजार ३१४ जना विद्यार्थी NG अर्थात अनुत्तीर्ण भएका छन। बोर्डका अनुसार बोर्डका अनुसार पासमध्य १८६ जना विद्यार्थीले ४.० जिपीए ल्याएका छन भने २२१ जना विद्यार्थीहरुको परिक्षा रद्द भएको छ।
बोर्डका अनुसार ३१ हजार २०९ जनाले SEE मा 3.6 देखि 4.0 GPA ल्याएका छन् । यस्तै जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपी २.४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २०.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना विद्यार्थी रहेका छन् ।
बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।
विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्छ । ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्छ ।