बिहिवार, आषाढ १३ २०८१
असार, १३ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परिक्षा बोर्डको आज बसेको बैठकले सार्वजनिक गर्ने निर्णय गरेको हो।
माद्यामिक शिक्षा परीक्षा एसईईमा यसबर्ष ४७.८६ प्रतिशत उत्तीर्ण भएका छन। भने ५२.१४ प्रतिशत २४२०९२ विद्यार्थी NG अर्थात अनुत्तीर्ण भएका छन। बोर्डका अनुसार बोर्डका अनुसार पासमध्य १८६ जना विद्यार्थीले ४.० जिपीए ल्याएका छन भने २२१ जना विद्यार्थीहरुको परिक्षा रद्द भएको छ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार कोशी प्रदेशबाट सहभागी कुल ७५ हजार ९८८ परीक्षार्थीमध्ये ३९ हजार ८९५ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।
यसैगरी मधेस प्रदेशबाट कुल ७९ हजार ५९२ परीक्षार्थीमध्ये ४२ हजार २८६ जना, बागमती प्रदेशबाट ९९ हजार ८७२ जना परीक्षार्थीमध्ये ३३ हजार ८४२ जना अनुत्तीर्ण भएका छन् ।
यसैगरी गण्डकी प्रदेशबाट कुल ४० हजार ५२६ जना परीक्षार्थीमध्ये २० हजार २७५ जना, लुम्बिनीबाट ८० हजार ३२७ जना परीक्षार्थी सहभागी भएकामा ४९ हजार २२४ जना फेल भएका छन् ।
यसैगरी कर्णालीबाट ३५ हजार ३४ जना परीक्षार्थीमध्ये २० हजार ३८० जना उत्तीर्ण भएका छन्
र सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना परीक्षार्थी सहभागी हुँदा ३६ हजार ४१० जना अनुत्तीर्ण भएका छन् । परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी थिए ।
