बिहिवार, आषाढ १३ २०८१
असार १३ गते काँस्की। मदरल्याण्ड सेकेण्डरि स्कुलले इतिहासमै दुर्लभ नतिजा ल्याएर रेकर्ड बनाएको छ। पोखरा मासबारस्थित मदरल्याण्ड स्कुलबाट १४६ जना बिद्यार्थी मध्य १० जनाले ४ जिपिए ल्याएका हुन्।
यो नतिजा हालसम्म प्राप्त विवरणअनुसार नेपालमै उत्कृष्ट हो । यसबर्ष देशभरीबाट जम्मा १८६ जनाले मात्रै ४ जिपिए ल्याएका छन् ।
उक्त बिद्यालयबाट ४ जीपीए ल्याउने विद्यार्थीमा आशिष बस्ताकोटी, अविस वाग्ले, अपेक्षा ढुंगाना, इक्वीटी पौडेल, कनक अधिकारी, कृपा बराल, कृपा गुरुङ, रेडियस पोखरेल, समिक्षा पहारी र युनिका ढकाल रहेका छन् ।
विद्यालयबाट १४६ जना परीक्षार्थीले भाग लिएकोमा ३.६० देखि ४ जिपिएसम्म ल्याउने १२८ जना र ३.२० देखि ३.६० सम्म ल्याउने १८ जना रहेका छन् ।