Oct 03 2026 | २०८३, आश्विन १७ गते

लिटिलबुद्ध एकेडेमीको राष्ट्रिय सेवा दल (NCC) उद्घाटन ।

लिटिलबुद्ध एकेडेमीको राष्ट्रिय सेवा दल (NCC) उद्घाटन ।

  • 1.5K
    SHARES

  • लिटिलबुद्ध एकेडेमीको राष्ट्रिय सेवा दल (NCC) उद्घाटन ।

    असार, १४ काठमाडौ । काठमाडौ महानगर अन्तर्गत वडा १५ डल्लुमा अवस्थित लिटिलबुद्ध एकेडेमीको राष्ट्रिय सेवा दल (National Cadet Crops /NCC) उद्घाटन कार्यक्रम स्कुलको सभाहलमा सम्पन्न भयो। जगदल गण छाउनिका प्रमुख सेनानी (कर्णेल) सुनिल प्रसाइको प्रमुख अतिथ्यतामा र नेशनल प्याब्सन बागमती प्रदेशका अध्यक्ष एबं स्कुलका संस्थापक प्राचार्य नारायण कर्म कार्कीको सभापतित्वमा राष्ट्रिय सेवा दलको उद्घाटन भएको हो।

    20210918221304_IMG_0362.JPG

    लिटिलबुद्ध एकेडेमी र दिब्यज्ञान स्कुलका विद्यार्थीलाई संयुक्त रुपमा प्रदान गर्न लागिएको सो तालिमको उद्घाटन नेपाली सेनाको जगदल गण छाउनिका प्रमुख सेनानी सुनिल प्रसाइले उद्घाटन गर्नुभयो । तालिममा लिटिलबुद्ध एकेडेमि र दिब्यज्ञान एकेडेमीका ३६ जना विद्यार्थीले भाग लिएका छन् ।

    20210918222339_IMG_0386.JPG

    तालिमले विद्यार्थीलाई अनुशासित बन्न र समय व्यवस्थापनमा निक्कै सहयोग गर्ने प्रमुख अतिथी तथा नेपाली सेनाका प्रमुख सेनानी प्रसाइले बताउनुभयो । युवाहरुमा नेतृत्व बिकास गर्ने र बिपतको बेला काम गर्ने हाल सम्म ७४ हजार युवा विद्यार्थीहरुले यो तालिम लिईसकेकोले यस तालिमले राष्ट्रभक्त युवा तयार गर्नलाई पनि ठुलो मद्दत गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

    तालिम अवधिमा क्याडेटहरू (Cadet) लाई विभिन्न गतिविधि पिटी, ड्रिल, एरोबिक्स, गन फायरिङ (एसएलआरद्वारा र यसको मर्मतसम्भार), पर्खाल चढ्ने, घोडचढी, पौडी खेल्ने, वक्तृत्व कला, बालुवा मोडेल ब्रिफिङ, सांस्कृतिक कार्यक्रम, खेलकुद जस्ता विभिन्न किसिमका तालिम दिइने लिटिलबुद्ध एकेडेमीका प्राचार्य नारायण कार्म कार्किले जानकारी दिनुभयो।

    20210918221820_IMG_0381.JPG

    तालिम एक सय दिनसम्म चल्ने छ । तालिममा ८ देखि १० कक्षासम्मका १४ बर्ष माथिका विद्यार्थीले भाग लिएका छन। वडा १५ मा बिभिन्न बिद्यालयले माग गरेपनी लिटिलबुद्ध एकेडेमी डल्लु र बिजेश्वरी ज्ञान् मन्दिर छनोट भई राष्ट्रिय सेवा दलको तालिम सिबिरमा छनोट भएका छन। नेपाली सेना मुख्यालयबाट छनोट भई छाउनी स्थित जगदल गण अन्तर्गत रहने गरि यी बिद्यालयमा NCC तालिम संचालन हुने प्राचार्य कार्किले बताउनुभयो।

    उद्घाटन कार्यक्रममा सेनानी सरोज केसि, प्रमुख प्रशिक्षक -, जमदार गणेश चौधरी, कमल रुचाल, धर्मराज बोहोरा तथा दिब्यज्ञान् एकेडमिका भाइस प्रिन्सिपल चतुरभुज महतो, लिटिलबुद्ध एकेडेमीका साहयक प्राधानाध्यापक शंकर घिमिरे लगाएत शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

    के हो राष्ट्रिय सेवा दल ?

    “अनुशासन नै राष्ट्रको सेवाको मूल जग हो” भन्ने आदर्श बोकेको राष्ट्रिय सेवा दल (एनसिसी) युवा विद्यार्थीको चरित्र, नेतृत्व गुणस्तर, खेलकुद भावना, निःस्वार्थ सेवाको आदर्श भावनाको विकास गरी जीवनका सबै क्षेत्रमा समर्पित नेतृत्व क्षमता अभिवृद्धि गर्न सफल भएको संस्था हो । यसले असल नागरिक र भविष्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम कर्णधार तयार गर्ने लक्ष्य बोकेको अन्तर्राष्ट्रिय सञ्जाल भएको संस्था पनि हो ।

    एनसिसी नेपालको स्थापना विसं २०२२ सालमा भएको हो । प्रधानमन्त्री एनसिसीको प्रमुख संरक्षक, रक्षामन्त्री तथा नेपाली सेनाका प्रधान सेनापति सहसंरक्षकको अभिभावकका रूपमा रहनाले पनि यसको गरिमा तथा महत्व पनि उत्तिकै छ ।

    नेपाल सरकारले राष्ट्रिय सेवा दलमार्फत दक्ष युवा टोली निर्माण गर्दै देशका विभिन्न भागबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवालाई एकताबद्ध बनाउँदै अनुभव आदान प्रदान गर्ने, अनुशासित, इमानदार र जिम्मेवार नागरिकका रूपमा रूपान्तरण गर्दै आएको छ । जसले देशभक्तिको भावना जागृत गराउँदछ । फलस्वरूप एनसिसी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा युवा सङ्गठनका रूपमा विकसित हुँदै गएको छ । एनसिसी देशको राष्ट्रिय कार्यक्रम भए पनि नेपाली सेनाको उच्चस्तरको व्यवस्थापनमा पूर्ण रूपमा कार्यान्वयन तथा सञ्चालन हुन्छ । कार्यक्रम अनुसार सिनियर र जुनियर डिभिजनका लागि दुई प्रकारका तालिम हुन्छन् । यी तालिमहरूको मुख्य उद्देश्य विद्यार्थीको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गरी अनुशासित, बफादार र देशप्रति समर्पित युवा सिर्जना गर्नु हो । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी हुन पाउँछन् भने सिनियर डिभिजनले दस जोड दुईका विद्यार्थीलाई अवसर प्रदान गर्दछ । तालिम विशेष सैद्धान्तिक र व्यावहारिक ज्ञान दिन पाठ्यक्रमद्वारा निर्देशित गरिएको छ ।

    यो कार्यक्रममा ७९ दिने तालिम, सम्बन्धित विद्यालयमा सञ्चालन हुन्छ भने बाँकी २१ दिन क्याडेटहरूका लागि नेपाली सेनाको ब्यारेकमा विशेष आवासीय क्याम्पसहित प्रशिक्षण आयोजना गरिन्छ । कार्यक्रममा विद्यार्थीलाई कुनै पनि शुल्क लाग्दैन । सहभागीहरूलाई पौष्टिक खाना र पेय पदार्थहरूका साथै विभिन्न प्रतिष्ठित पोसाकहरूका पूर्ण सेटहरू प्रदान गरिन्छ ।

    अन्त्यमा १०० दिनको प्रशिक्षणपश्चात् क्याडेटहरूले प्रतिष्ठित पास आउट परेड प्रदर्शन गर्छन् । पिओपी कार्यक्रम पूरा भएपछि उनीहरूलाई योग्यता अनुसारको दज्र्यानी चिह्न प्रदान गरिन्छ ।

    images
    शुक्रवार, आषाढ १४ २०८१०७:४०:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार