Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

  • 1.1K
    SHARES

  • एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

    असार, १५ गते काठमाडौ । एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने भएका छन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    यसअघि दुई बिषयमा एनजी ल्याएका विद्यार्थीले मात्रै मौका परिक्षा दिन पाउने ब्यनस्था थियो।

    एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका– २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्र, परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

    अहिलेको व्यवस्था अनुसार बढीमा दुई विषयसम्म एनजी भएका विद्यार्थीहरुले मात्रै मौका परीक्षामा सहभागी हुन पाउने व्यवस्था रहेकोमा शिक्षा मन्त्री सुमना श्रेष्ठको निर्देशनमा एनजी ल्याएका सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गर्न लागिएको हो ।

    यदि एनजी आएका कुनै विद्यार्थीले मौका परीक्षा दिएर कक्षा ११ पढ्ने चाहाना राख्छन् भने उनीहरुले मौका परीक्षा दिन पाउन् मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ ।

    images
    शनिवार, आषाढ १५ २०८१०६:२६:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार