शनिवार, आषाढ १५ २०८१
असार, १५ गते काठमाडौ । नेपालको शैक्षिक क्षेत्रमा उदयमान काठमाडौ बर्नहार्ट कलेजको स्थापनाको २५ औं बार्षिक उत्सव कार्यक्रम भब्यरुपमा मनाएको छ। कलेजले शुक्रवार एक कार्यक्रम गर्दै बार्षिक उत्सव समारोह भब्य ढंगले मनाएको हो।

बार्षिक उत्सव समारोहमा कलेजका अध्यक्ष भुपेस छत्कुली, कार्यकारी निर्देशक नवराज अधिकारी, सल्लाहाकार प्रा. डा. नारायण चापागाई, शैक्षिक निर्देशक पुरुषोत्तम बिष्ट, बिद्यालय प्राचार्य अमृत बाबू भट्ट, क्याम्पस प्रमुख सुयोग दाहाल, आर्थिक बिभाग प्रमुख रामचन्द्र थापा लगाएत काठमाडौका विभिन्न सामुदायिक तथा संस्थागत बिद्यालयका प्राचार्य, शिक्षक तथा कर्मचारी
हरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सांगीतिक साँझको आयोजना गरिएको थियो।
२०५७ साल असार १४ गते स्थापना भएको काठमाडौ बर्नहार्ट फाउन्डेसन द्वारा संचालित बर्नहार्ट स्कुल /कलेज अध्ययन र अध्यापनको क्षेत्रमा ठूलो छलाङ मारेको छ ।
नर्सरी देखि विश्वविद्यालय (स्नातकोत्तर) तहसम्म अध्ययन अध्यापन गर्दै आएको बर्नहार्ट कलेजमा नेपालको ७७ वटै जिल्ला बाट विद्यार्थीहरु पढ्न आउने गर्दछन ।

बर्नहार्ट स्कुल/कलेजमा कक्षा नर्सरी देखि १२ सम्म माध्यमिक शिक्षा जस अन्तर्गत कक्षा ११ र १२ तर्फ बिज्ञान ,व्यवस्थापन र मानविकी संकायका बल्खुमा पठनपाठन गराउछ भने स्नातक तर्फ BBS, BASW, BSc.CSIT, BCA, BBM र स्नातकोत्तर तह अन्तर्गत MBS(TU) शिक्षा बाफलमा प्रदान गर्दै आइरहेको छ।
हाल बिद्यालय तहमा २ हजार भन्दा बढी विद्यार्थी रहेका छन भने कलेजमा ८ सह भन्दा बढी विद्यार्थीहरु रहेका छन ।


कलेजले २५ औं बार्षिक उत्सवको अवसरमा २५ जना विद्यार्थीहरुलाई कक्षा ११ मा पुर्ण छात्रवृत्ति दिने यसअघि नै घोषणा गरिसकेको छ।
विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त बर्नहार्ट त्रिभुवन विश्वविद्यालयबाट क्यूएए (QAA) मान्यता पाउने पहिलो संस्थागत शिक्षण संस्था पनि हो ।

त्यसैगरी नेपाल सरकार शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयले काठमाडौ बर्नहार्ट कलेजलाई उत्कृष्ट निजी महाबिधालय /कलेज-२०७६ को रुपमा सम्मानित गर्नुका साथै NEB द्वारा लिइएको बार्षिक परिक्षा -२०७६ मा Anish Khanal ले 3.93GPA प्राप्त गरि NEB Board Top गर्नुले पनि कलेजले आफ्नो अब्बलतालाई प्रमाणित गर्दछ।

विद्यार्थीहरुको क्षमताअनुसारको शिक्षा दिनु नै बर्नहार्टको प्रमुख विशेषता हो । अब्बल विद्यार्थीलाई एक्ट्राअर्डीनरी बनाउन र कमजोर विद्यार्थीलाई प्रतिस्पर्धा गर्न लायक बनाउन यो कलेज हरपल सफल देखिन्छ । अत्याधुनिक भौतिक संरचना, आधुनिक ल्याब, पुस्तकालय, खेल मैदान यो कलेजका विशेषता हुन् ।
