Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेरिक एकेडेमीले रक्तदान: ८६ पोइन्ट रगत संकलन

नेरिक एकेडेमीले रक्तदान: ८६ पोइन्ट रगत संकलन

  • 582
    SHARES

  • नेरिक एकेडेमीले रक्तदान: ८६ पोइन्ट रगत संकलन

    असार, १६ गते काठमाडौं। नेरिक एकेडेमी संखमूलमा सम्पन्न रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिवार आयोजित रक्तदान कार्यक्रममा ८६ पोइन्ट रगत संकलन भएको छ।

    IMG-20240629-WA0000.jpg

    प्रभु बैंक संखमूल शाखाको मुख्य प्रायोजन तथा नेरिक एकेडेमी संखमूल,गलकोट घुम्टे विकास मंच काठमाडौं र बागलुङ गलकोट महिला समूह काठमाडौंको सह आयोजनामा कार्यक्रम सम्पन्न भयको हो । रक्तदान कार्यक्रममा बोल्दै प्रभु बैंक संखमूल शाखा प्रमूख गिता खकुरेलले रक्तदान जिवनदान भन्ने मुल नारा सहित बिभिन्न सामाजिक संघ सस्थाको आयोजनामा गरेको रक्तदान कार्यक्रम मानवीय सेवाभावमा समर्पित रहेको बताइन ।

    IMG-20240629-WA0002.jpg

    रगतको अभावमा कसैको ज्यान नजाओस भनी गरिएको रक्तदान कार्यक्रम सामाजिक कार्य विषय अन्तर्गतकै महत्त्वपूर्ण काम भएको गलकोट घुम्टे विकास मंच काठमाडौंका अध्यक्ष प्रशान्त ढकालको भनाई छ।

    IMG-20240629-WA0001.jpg

    रक्तदान कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका,अभिभावक तथा बैंकका प्रतिनिधीहरु,संघ सस्था प्रतिनिधीहरु,सामूदायीक प्रहरी सेवा केन्द्र वडा नम्बर ३१ का प्रतिनिधीहरु लगाएत रक्तदाताहरुको सहभागीता रहेको विद्यालयका प्रिन्सिपल मिलन केसीले जानकारी दिए । साथै नेपाल रेडक्रस सोसाईटी कालिमाटिले रक्तसंकलनमा पूर्ण प्राविधिक सहयोग गरेको थियो ।

    IMG-20240629-WA0002.jpg

    images
    आइतवार, आषाढ १६ २०८१०७:४०:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार