Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई ग्रेडबृद्धी परिक्षा दिने विद्यार्थीको लागि Radio र TV मा अतिरिक्त कक्षा संचालन हुने (सूचना सहित)

एसईई ग्रेडबृद्धी परिक्षा दिने विद्यार्थीको लागि Radio र TV मा अतिरिक्त कक्षा संचालन हुने (सूचना सहित)

  • 1.4K
    SHARES

  • एसईई ग्रेडबृद्धी परिक्षा दिने विद्यार्थीको लागि Radio र TV मा अतिरिक्त कक्षा संचालन हुने (सूचना सहित)

    असार, १६ गते काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीका लागि रेडियो र टेलिभिजनमा अतिरिक्त कक्षा सञ्चालन हुने भएको छन। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक सूचना जारी गर्दै अतिरिक्त कक्षा सञ्चालन हुने जानकारी दिएको हो।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं. ५६३ मिति २०८१ असार १४ गते को पत्रबाट उल्लेख भई आएबमोजिम २०८१ साउन महिनामा हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि (पूरक) परीक्षामा गत २०८० चैतमा सञ्चालित परीक्षाको नतिजामा ग्रेड कायम नभएका सबै विषयमा विद्यार्थीहरू सहभागी हुने व्यवस्था मिलाइएको छ।

    ग्रेडबृद्धी परिक्षामा सहभागि विद्यार्थीहरू लक्षित शिक्षण सिकाइसम्बन्धी देहाय अनुसारका कार्यहरू गर्नु/गराउनुहुन अनुरोध छ।

    १) ग्रेड वृद्धि परीक्षामा सहभागी हुने सबै विद्यार्थीका लागि सबै विद्यालयले नियमित पठनपाठनसँगै परीक्षा लक्षित सहयोग, सहजीकरण र अतिरिक्त कक्षा सञ्चालन अनिवार्य रूपमा सञ्चालन गर्ने। यसरी सञ्चालन भएको कक्षाको जानकारी नियमित रूपमा स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइमा गराउने ।

    २) शिक्षा विकास तथा समन्वय एकाइले जिल्लाभर सञ्चालित ग्रेड वृद्धि परीक्षा लक्षित कक्षाहरूको अनुगमन, सहजीकरण र केन्द्रमा नियमित जानकारीको व्यवस्था मिलाउने ।

    ३) स्थानीय तहले यसरी विद्यालयबाट सञ्चालन हुने अतिरिक्त कक्षा सञ्चालनका लागि अनुगमन, समन्वय लगायतका कार्यहरूको प्रबन्ध मिलाउनहुन अनुरोध छ। साथै यस कार्यमा नेपाल शिक्षक महासंघ, प्याव्सन, एन प्याब्सन, शिक्षकका पेसागत/विषयगत संघ संस्था, शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्था, नागरिक समाज, अभिभावक, सञ्चारमाध्यम एवं सम्पूर्ण सरोकारवालाहरूलाई समन्वय एवं सहजीकरणका लागि समेत अनुरोध छ ।

    ४) शिक्षा मानव स्रोत बिकास केन्द्रको www.youtube.com/nced युट्युव च्यानलमा रहेका सामग्रीहरूको प्रयोग गर्न विद्यार्थी एवं अभिभावकहरूलाई प्रोत्साहित गर्नुहुन समेत अनुरोध छ। साथै नेपाल टेलिभिजन एवं रेडियो नेपालसँगको सहकार्यमा यस केन्द्रबाट सञ्चालन हुँदै आएका कार्यक्रमलाई तपसिल बमोजिम एसइईको ग्रेडवृद्धि परीक्षाका सहभागी केन्द्रित गरी देहायबमोजिम प्रसारण हुने भएकोले यो कार्यक्रमहरू हेर्न/सुन्न र त्यसवाट अधिकतम फाइदा लिन सम्बन्धित सबै विद्यार्थीलाई जानकारी गराउनुहुन समेत अनुरोध छ ।

    कक्षा २०८१ असार १७ गते सोमबारदेखि ग्रेडवृद्धि परीक्षा सुरूवात हुने अघिल्लो दिनसम्म प्रसारण हुने छन। साथै केन्द्रले यस कार्यमा प्रदेश सरकार, स्थानीय तह, नेपाल शिक्षक महासंघ, PABSON, NPABSON, शिक्षकका पेसागत/विषयगत संघ संस्था, शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्था, नागरिक समाज, अभिभावक एवं सम्पूर्ण सरोकारवालाहरूलाई समन्वय एवं सहजीकरणका लागि समेत अनुरोध समेत गरेको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1719712988196.jpg

    images
    आइतवार, आषाढ १६ २०८१०८:००:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार