मंगलवार, आषाढ १८ २०८१
असार, १७ काठमाडौ । धादिङको महांकलेश्वरी माद्यामिक विद्यालयले एसईई २०८० मा उत्कृष्ट नतिजा ल्याउने एकजना विद्यार्थीलाई ल्यापटप उपहार दिएको छ।
धुनिबेशी नगरपालिका वडा नम्बर ३ छापडाँडामा अवस्थित उक्त स्कुलले एसईई उत्तीर्ण विद्यार्थी तथा शिक्षक सम्मान कार्यक्रममा ३.५६ जिपिए ल्याएर पास गर्ने विद्यार्थी कंचन कुवरलाई बिद्यालयका पुर्व प्रधानाध्यापक राजेन्द्र प्रसाद पौडेलले ल्याप्टप उपहार दिएका हुन।

सोमबार बिद्यालयले विद्यार्थी तथा शिक्षकलाई सम्मान कार्यक्रम आयोजना गरेको थियो। विद्यार्थी तथा शिक्षकको हौसला बढाउन गरिएको कार्यक्रममा एसईई उत्तीर्ण भएका विद्यार्थीहरुलाई घडी उपहार दिएर सम्मान गरिएको थियो।
उक्त बिद्यालयमा कुल १३ जना मध्य ८ जना विद्यार्थी उत्तीर्ण भएका थिए। जसमध्ये एकजना विद्यार्थी ३.५६ जिपिए सहित उत्तीर्ण गर्दै धुनिविशी नगरपालिकामै द्वितीय स्थान हासिल गरेका थिए। उक्त कार्यक्रममा शिक्षकगरुलाई समेत सम्मान गरिएको थियो।