बुधवार, आषाढ १९ २०८१
असार, १९ गते काठमाडौ । ग्रीनफिल्ड नेसनल स्कुल/कलेज एसईई उत्तीर्ण विद्यार्थीहरुलाइ सम्मान गरेको छ। नागार्जुन ४ बाफल, काठमाडौमा अवस्थित उक्त कलेजले मंगलबार एक कार्यक्रमकाबिच विद्यार्थीहरुलाई सम्मान गरेको हो।

सम्मान गर्ने क्रममा बोल्दै ग्रीनफिल्ड स्कुल कलेजका प्राचार्य खडक बहादुर बस्नेतले शिक्षक विद्यार्थीहरुले गरेको मिहेनतकोको कारण उत्कृष्ट नतिजा आएको बताउनुभयो।

हाम्रो परिक्षा प्रणाली अनुसर ४ जिपिए नआउनुमा विद्यार्थीको मात्रै कमजोरी नभई शिक्षक, अभिभावक, समाज सबैको असर रहेको भन्दै A+ र जिपिए चार मा अन्तर छुट्याउन नहुने धारणा ब्यक्त गर्नुभयो।

प्राचार्य बस्नेतले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बिद्यालय र बिषय छान्न साथिभाइहरुको लहडमा नभई आफ्नो रुचि, र अभिभावकले अफोर्ड गर्न सक्ने गरि निर्णय लिनुपर्ने बताउनुभयो।

एसईई सम्मान कार्यक्रममा ग्रीनफिल्ड फाउन्डेसनका आर्थिक निर्देशक अर्जुन पाठक, स्कुल कन्सल्टेन्ट प्रा.डा. राम कृष्ण महर्जन, निर्देशक राजुराम अधिकारी लगाएत फाउन्डेसन अन्तर्गत बिद्यालयका प्रिन्सिपल, शिक्षक कर्मचारी तथा विद्यार्थी अभिभावकहरुको उपस्थिति रहेको थियो।


