Oct 02 2026 | २०८३, आश्विन १६ गते

राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार परिवर्तन : शिक्षामन्त्री श्रेष्ठ

राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार परिवर्तन : शिक्षामन्त्री श्रेष्ठ

  • 535
    SHARES

  • राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार परिवर्तन : शिक्षामन्त्री श्रेष्ठ

    असार, २१ गते काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक गर्ने सामुदायिक विद्यालयका शिक्षकलाई कारबाही गर्ने फाइल अघि बढाउँदा एमाले अध्यक्ष केपी ओलीले सरकार परिवर्तन गरेको आरोप लगाएकी छन् ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन छाडेर काँग्रेससँग सहकार्य गर्न लागेपछि मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा ओलीलाई सम्बोधन गर्दै शिक्षकलाई कारबाही गर्न खोज्दा सरकारनै परिवर्तन गरेको बताएकी हुन् । ओलीले शिक्षकले राम्रो नपढाउँदा एसईईको नतिजा राम्रो नभएको प्रतिक्रिया दिएकोमा मन्त्री श्रेष्ठले आपत्ति जनाएकी हुन् ।

    मन्त्री श्रेष्ठले लेखेकी छिन,‘आदरणीय केपी बा, शिक्षकले राम्रो नपढाउँदा एसईईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ,’उनले सामाजिक सञ्जालमा लेखेकी छिन,‘अनि राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भनेर मैले फाइल अगाडि बढाउँदा सरकारनै परिवर्तन गर्न खोज्ने । तपाईँको शिक्षकले तपाईँकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब ।’

    images
    शुक्रवार, आषाढ २१ २०८१०६:०९:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार