Jul 27 2026 | २०८३, श्रावण ११ गते

स्नातक तह इन्जिनियरिङ बि परिक्षाको लागि आवेदन खुल्यो।

स्नातक तह इन्जिनियरिङ बि परिक्षाको लागि आवेदन खुल्यो।

  • 936
    SHARES

  • स्नातक तह इन्जिनियरिङ बि परिक्षाको लागि आवेदन खुल्यो।

    असार, २१ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्यायन संस्थान (आइओइ) इन्जिनियरिङ संकाय अन्तर्गत स्नातक तहमा बिइ. बि.आर्क. भर्नाका लागि संचालन गरिने प्रवेश परिक्षाको आवेदन खुला गरेको छ ।

    विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पस तथा सम्वन्धनप्राप्त कलेजहरूमा शैक्षिक वर्ष २०८१/८२ का लागि स्नातक बी.ई./बी.आर्क तहका विभिन्न कार्यक्रमहरूमा भर्नाको आगि आवेदन खुला गरेको हो।

    इन्जिनियरिङमा विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्यूटर विधिमार्फत सञ्चालन गरिने प्रवेश परीक्षा मिति २०८१ भाद्र १६ देखि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र (ICTC), पुल्बोक, ललितपुर र पश्चिमाञ्चल क्याम्पस, पोखरामा तोकिएको स्थान, समय र शिफ्ट अनुसार सञ्चालन गरिने जानकारी दिइएको छ।

    प्रवेश परीक्षा फारमभर्न मिति २०८१ असार २० गते बिहान १०:०० बजेदेखि मिति २०८१ भाद्र ०९ गते साँझ ५:०० बजेसम्म कुनैपनि समयमा परिक्षा फाराम भर्न सकिने छ।

    आवेदन फारम भर्न इन्जिनियरिङ अध्ययन संस्थानको वेबसाइट http://intrance.ioe.edu.np मा राखिएको परीक्षाको आवेदन फाराम आवेदक स्वयंले भरी अनलाइनबाट भरी सोहि वेबसाईटबाट Submit गर्नुपर्ने छ।

    इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत सञ्चालित ५ आङ्गिक क्याम्पसहरू तथा १० सम्बन्धनप्राप्त कलेजहरूमा १२ वटा कार्यक्रमहरु इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इन्फरमेसन इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, एग्रिकल्चर इन्जिनियरिङ, इण्डष्ट्रियल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, आर्किटेक्वर, अटोमोवाईल इन्जिनियरिङ, एरोस्पेस इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ, केमिकल इन्जिनियरिङ अध्ययन अध्यापन हुने गर्दछ।

    बिस्तृत जानकारिका लागि हएर्नुस सूचना ।

    Polish_20240705_063133933.pngPolish_20240705_063243814.png

    images
    शुक्रवार, आषाढ २१ २०८१०७:०४:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार