आइतवार, आषाढ २३ २०८१
असार, २३ गते काठमाडौ । माइलस्टोन युथ इङ्लिस स्कुलले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ। नागार्जुन ७ रामकोट काठमाडौमा अवस्थित उक्त स्कुलले शनिवार एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई सम्मान गरेको हो।

माइलस्टोन युथ इङ्लिस स्कुलबाट एसईई २०८० मा सहभागी सत प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका थिए।

सम्मान गर्ने क्रममा बोल्दै माइलस्टोन स्कुलका प्राचार्य शिवराम गिरीले शिक्षक,अभिभावक र विद्यार्थी त्रिपक्षले गरेको मिहेनतको कारण उत्कृष्ट नतिजा आएको बताउनुभयो।

प्राचार्य गिरीले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बिद्यालय र बिषय छान्न साथिभाईहरुको लहडमा नभई आफ्नो रुचि, र अभिभावकले क्षमता अनुसार निर्णय लिनुपर्ने बताउनुभयो। उहाँले कक्षा १० सम्म हाँसिल गरेको उपलब्धि जोगाइ राख्न अभिभावकहरुले कक्षा ११ र १२ पनि जागरुक भई रहनुपर्ने बताउनुभयो। विद्यार्थीको सिकाइ समाजले पनि मुल्यांकन गरिरहेको हुन्छ भन्दै विद्यार्थीहरुलाई ब्यवहारिक ज्ञानमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

एसईई सम्मान कार्यक्रममा माइलस्टोन इङ्लिस स्कुलका सल्लाहकार युवराज न्यौपाने सहभागितामा, कलेजका अध्यक्ष क्याप्टेन बिनय गिरीको सभापतित्वमा र वडा नंम्बर सातका अध्यक्ष शैलेन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। साथै कार्यक्रम स्कुलका भाइस प्रिन्सिपल दिनेश भट्टराईले संचालन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै स्कुलका सल्लाहकार युवराज न्यौपानेले गौतम बुद्धबाट पाठ सिकेर आफ्नो मनको दियो आफै बाल्न र सत्मार्गमा हिड्न सुझाव दिनुभएको थियो।
जननिर्वाचित वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र लामाले बिगतदेखि नै उत्कृष्ट नतिजा ल्याउन सफल यस स्कुललाई आगामी दिनमा अझै उत्कृष्ट हुन शुभकामना दिनुभएको थियो भने नगरपालिकालाई सफा र हरियाली बनाउन स्कुलले खेलेको भुमिका उच्च रहेको बताउनुभएको थियो।"नगरपालिकाले छिट्टै वृक्षरोपण कार्यक्रम राख्न गइरहेको छ जसमा यस स्कुलको भुमिका उच्च रहनेछ" माइलस्टोन स्कुलको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

देशमा युवाहरूले आफ्नो भविस्य नदेखेर बिदेशीने प्रवृत्ति बढेको प्रती लक्ष्यित गर्दै युवाहरूलाई देशमै भविस्य देखाउनुपर्ने बताउनुभयो ।

सामुदायिक बिद्यालयमा नागार्जुन अन्तरबिद्यालयमा सरुवा गर्ने जरुरी छ जसका लागि नगरपालिकाले अध्ययन थालेको बताउनुभयो । उक्त कार्यक्रममा स्कुल शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेकोथियो। कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो दिएर सम्मानित गरेको थियो।




