Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईईमा उत्कृष्ठ नतिजा प्राप्त गर्न सफल सामुदायिक विद्यालयलाई सम्मान

एसईईमा उत्कृष्ठ नतिजा प्राप्त गर्न सफल सामुदायिक विद्यालयलाई सम्मान

  • 764
    SHARES

  • एसईईमा उत्कृष्ठ नतिजा प्राप्त गर्न सफल सामुदायिक विद्यालयलाई सम्मान

    असार, २९ गते काठमाडौं । नेपाल प्रधानाध्यापक संघ ( Principal Association of Nepal /PAN ) ले SEE -२०८० मा उत्कृष्ट नतिजा ल्याउने बिद्यालय तथा प्रधानाध्यापकहरुलाई सम्मान गरेको छ। PAN ले ले आज काठमाडौंको युनिग्लोब स्कुलमा आयोजना गरेको कार्यक्रममा २०८० सालको एसइईमा देशभरिमा सबैभन्दा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल बिद्यालयगरुलाइ सम्मान गरेको हो।

    FB_IMG_1720893802739.jpg

    प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)ले आज देशभरिमा सबैभन्दा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल काठमाडौँको विश्व निकेतन मावि र ज्ञानोदय मावि, काठमाडौँको श्रम राष्ट्रिय मावि, ललितपुरको त्रिपद्म मावि र भक्तपुरको मेघा माविलाई पनि सम्मान गरिएको थियो ।

    प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)ले आज आयोजना गरेको एसइईको नतिजा तथा सुधारका पक्ष विषयक प्यानल डिस्कसन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी तथा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले “निर्देशिका संशोधन गर्न बोर्डसँग सहमति भएको थिएन” भने, “कतिपय निर्णय शिक्षा मन्त्रालयले गर्न सक्छ । त्यसै व्यवस्थाअनुसार मन्त्रालयले संशोधन गर्ने निर्णय गरेको हो । नेपाल सरकारले गरेको निर्णयलाई राष्ट्रिय परीक्षा बोर्डले कार्यान्वयन गर्नुपर्छ ।”

    FB_IMG_1720893780568.jpg

    उनले जनचाहनाका कारण मन्त्रालयले त्यस्तो निर्णय गरेको हुनसक्ने बताउँदै त्यसका विरुद्ध प्रतिवाद गर्ने परिस्थितिमा रापबोर्ड नभएको स्पष्ट गरे । २०८० सालको एसइईको नतिजा खराब भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरी जतिसुकै विषयमा ननग्रेडेड प्राप्त गरेकाले गे्रडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरेको थियो ।

    बोर्डका अध्यक्ष डा. शर्माले नीति परिवर्तन भइरहेको स्वीकार्दै नीति निश्चित समयसम्म रहनुपर्ने बताए । कक्षा १० को परीक्षा आवश्यक हो वा होइन भन्ने जिज्ञाशामा उनले परीक्षा आवश्यक रहेको तर मोडालिटी बनाउनुपर्ने बताए ।

    कार्यक्रममा शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले शिक्षक बुद्धिजीवी हुन् वा बुद्धुजीवी हुन् भन्दै थपे, “अब पनि शिक्षकले पुगेन, भएन भन्ने थाङ्ने कुरा गरिरहने होइन । शिक्षक बुद्धिजीवी हुन् । उनले धेरै तरिकाबाट सिकाइ सुधार्ने अभ्यास थाल्नुपर्छ ।” उनले तागत भएको मानिसमा शिक्षक पर्दछ भन्दै शिक्षकले प्रयास गरे पनि जस् नपाएको बताए । “प्रश्न बनाउने पनि शिक्षक हुन् । उत्तरपुस्तिका परीक्षण गर्ने पनि शिक्षक हुन् । पास पनि शिक्षकले बनाएका हुन् । फेल पनि शिक्षकले गरेका हुन्” उनले भने, “विद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालयले फेल गरेको होइन, शिक्षकले गरेका हुन् । त्यसो भए किन फेल गरेको भनेर शिक्षकले शिक्षकलाई किन प्रश्न गर्ने ? त्यसैले फेल हामीले गराएको हामीले हो भनौँ । स्वीकारौँ । नीतिलाई मात्र दोष नदिऔँ, नियतलाई पनि दिऔँ ।”

    FB_IMG_1720893798463.jpg

    नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले उत्तरपुस्तिका पुनर्याेग जस्तै पुनः परीक्षणको पनि व्यवस्था हुनुपर्ने माग गरे । उनले मन्त्री फेरिएपिच्छे शिक्षा नीति फेरिने प्रवृत्ति रहेको उल्लेख गर्दै नीतिमा त्रुटि हुँदा समस्या भएको बताए ।

    त्यसैगरी काठमाडौँ महानगरपालिकाका सहरी विकास आयोजना सदस्य शैलेन्द्र झाले सामुदायिक विद्यालयप्रति विश्वास भएर कामपाले लगानी वृद्धि गरेको बताए । कामपाले पूरक परीक्षाको तयारी कक्षा सञ्चालन गरेको र त्यसमा ५० प्रतिशत परीक्षार्थी उपस्थित नभएको गुनासो गर्दै ती अनुपस्थित परीक्षार्थीका कारण चिन्ता थपिएको बताए ।

    पद्मकन्या माविका प्रधानाध्यापक रीता तिवारीले अनुत्तीर्ण हुनुमा शिक्षकमात्र कारक नभएको तर्क गर्दै विद्यार्थीको अवस्थाका बारेमा पनि विश्लेषण गर्नु जरुरी भएको बताइन् । उनले हरेक दिन परामर्श दिनुपर्ने खालका विद्यार्थी सामुदायिक विद्यालयमा रहेको बताउँदै सबै पक्ष उत्तिकै जिम्मेवार रहेको बताइन् ।

    शिक्षा विकास तथा समन्वय एकाइ ललितपुरका प्रमुख निमप्रकाश राठौरले अचेलका विद्यार्थी शिक्षकभन्दा निकै चलाख भएको बताउँदै अब शिक्षकले परम्परागत विधिबाट पठनपाठन गरेर नहुने बताए ।

    पानका अध्यक्ष सुदाम गौतमले अधिकारका कुरा गर्याैँ अब शिक्षकले जिम्मेवारीका पनि कुरा गर्नुपर्छ भने । विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले नतिजा सुधारमा विद्यालय जिम्मेवार र उत्तरदायी बन्न सक्नुपर्ने सुझाव दिए । सो कार्यक्रममा सहजीकरण शिक्षा पत्रकार प्रकृति अधिकारीले गरेका थिए ।

    उक्त कार्यक्रमको अध्यक्षता प्रिन्सिपल एशोशियसन अफ नेपाल (पान)का अध्यक्ष सुदम प्रसाद गौतम र कार्यक्रमको संचालन प्रिन्सिपल एशोशियसन अफ नेपाल (पान)का महासचिव लक्ष्मण श्रेष्ठले गर्नु भएको थियो भनी कार्यक्रमको बारे आयोजक टिमका सदस्य जगत बहादुर धमीले हिमालयप्रेस डटकमलाई जानकारी दिनु भयो ।

    images
    आइतवार, आषाढ ३० २०८११२:०७:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार