Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि शैक्षिक क्यालेन्डर: परिक्षा भएको ९० दिन भित्र नतिजा सार्वजनिक गर्ने।(क्यालेन्डर सहित)

त्रिवि शैक्षिक क्यालेन्डर: परिक्षा भएको ९० दिन भित्र नतिजा सार्वजनिक गर्ने।(क्यालेन्डर सहित)

  • 745
    SHARES

  • त्रिवि शैक्षिक क्यालेन्डर: परिक्षा भएको ९० दिन भित्र नतिजा सार्वजनिक गर्ने।(क्यालेन्डर सहित)

    असार, ३० गते काठमाडौ । त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले स्वीकृत गरेको छ । त्रिविको शैक्षिक क्यालेन्डर अनुसार परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने भएको छ ।

    मंसिर २०८१ बाट पढाइ सुरू हुने र अन्तिम सेमेष्टरको नतिजा कार्तिक २०८५ तेस्रो हप्ताभित्र नतिजा सार्वजनिक हुने भएको छ । क्यालेन्डर अनुसार प्रथम सेमेष्टरको भर्ना आवेदन साउन दोस्रो हप्तादेखि भदौ दोस्रो हप्ता हुनेसम्म हुनेछ।

    भर्ना प्रवेश परीक्षा भदौ तेस्रो हप्ता र भर्ना असोज र कात्तिकमा हुनेछ। मंसिर पहिलो हप्तादेखि सुरू हुने कक्षा प्रथम सेमेष्टरको परीक्षा माघको चौथो हप्ता र नतिजा वैशाखमा प्रकाशन हुनेछ ।

    जेठ २०८२ को दोस्रो हप्तादेखि पढाइ सुरू हुने दोस्रो सेमेष्टरको परीक्षा साउन तेस्रो हप्ता र नतिजा कार्तिक पहिलो हप्तामा हुनेछ ।

    मंसिर २०८२ को पहिलो हप्तादेखि पढाइ सुरू हुने तेस्रो समेष्टरको परीक्षा माघ तेस्रो हप्तामा र नतिजा चैतको चौथो हप्तामा र वैशाख २०८३ को दोस्रो हप्तामा पढाइ सुरू हुने चौथो समेष्टरको परीक्षा माघ पहिलो हप्ता तथा नतिजा वैशाख २०८४ को पहिलो हप्ता हुनेछ ।

    जेठ २०८४ को तेस्रो हप्तादेखि पढाइ हुने पाँचौ सेमेष्टरको भदौ तेस्रो हप्ता र नतिजा कार्तिक चौथो हप्तामा, मंसिर दोस्रो हप्तादेखि पढाइ सुरू हुने छैटौं सेमेष्टरको परीक्षा फागुन दोस्रो हप्तामा, नतिजा २०८५ वैशाखको तेस्रो हप्तामा सार्वजनिक हुने र २०८५ जेठको दोस्रो हप्ताबाट पढाइ सुरू हुने अन्तिम सेमेष्टरको परीक्षा भदौ तेस्रो हप्ता र कार्तिक तेस्रो हप्तामा नतिजा सार्वजनिक हुनेछ ।

    त्यस्तै स्नातकोत्तर तहको मंसिरमा भर्ना आवेदन, पुसमा भर्ना प्रवेश परीक्षा तथा भर्ना हुनेछ । माघको पहिलो हप्तामा पढाइ सुरू भएको स्नातकोत्तर तहको नतिजा २०८२ को असोज तेस्रो हप्ताभित्र नतिजा सार्वजनिक हुनेछ ।

    वार्षिक तर्फको स्नातक तहको पहिलो वर्षको भर्ना साउन २०८१ को दोस्रो हप्तादेखि भदौको तेस्रो हप्तासम्म हुनेछ । भदौ चौथो हप्तादेखि पढाइ सुरू भएका विद्यार्थीको नतिजा असोज २०८५ को दोस्रो हप्ताभित्र सार्वजनिक हुनेछ ।

    यस्तो छ क्लायेन्डर

    FB_IMG_1720849728172.jpgFB_IMG_1720842374781.jpgFB_IMG_1720842377303.jpgFB_IMG_1720842378979.jpg

     

    images
    आइतवार, आषाढ ३० २०८१०९:२९:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार