Oct 10 2026 | २०८३, आश्विन २४ गते

शिक्षामन्त्री विद्या भट्टराईद्वारा पदभार ग्रहण, बिद्यालय शिक्षाका समस्या समाधानमा प्राथमिकता।

शिक्षामन्त्री विद्या भट्टराईद्वारा पदभार ग्रहण, बिद्यालय शिक्षाका समस्या समाधानमा प्राथमिकता।

  • 732
    SHARES

  • शिक्षामन्त्री विद्या भट्टराईद्वारा पदभार ग्रहण, बिद्यालय शिक्षाका समस्या समाधानमा प्राथमिकता।

    नवनियुक्त शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेकी छन। भट्टराईले पद तथा गोपनीयताको शपथ लिए संगै शिक्षा मन्त्रालय सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन्।

    कार्यभार सम्हाल्दै मन्त्री भट्टराईले सार्वजनिक शिक्षा प्रतिको आशा र विश्वास बढाउने दायित्व ख्याल गर्ने भन्दै विद्यालय शिक्षाका समस्यालाई छिटो भन्दा छिटो ऐन निर्माण गरेर समाधान गर्ने आफ्नो प्राथमिकता हुने बताईन् ।

    विद्यालय शिक्षामा गुणस्तरीयता कायम गर्ने र नेपालमै पढेर सक्षम नागरिक हुन्छु भन्ने अवधारणा विद्यार्थीमा विकास गर्ने गरी विश्वविद्यालय शिक्षालाई सुधार गर्ने आफ्नो प्राथमिकता हुने भट्टराईले बताईन् । उनले भनिन् 'यी दुई कुरालाई नियमित गर्न सकियो भने सुधार हुन्छ' ।

    मन्त्री भट्टराई कास्की २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भट्टराई हाल संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्यमा छन् । उनले समाजशास्त्रमा एमए र मानव शास्त्रमा एम फिल गरेकी छिन् ।

    त्रिविकाे उपप्राध्यापकदेखि शिक्षामन्त्रीसम्म

    तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको दुःखद निधन हुनुअघि दुई सन्तानकी आमा विद्या भट्टराई रत्नराज्य क्याम्पसमा उपप्राध्यापक थिइन्। समाजशास्त्रमा एमए र मानवशास्त्रमा एमफिलसम्मको अध्ययन गरेकी उनी त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रको उपप्राध्यापक छाडेर उनी सांसद भएकी हुन्।

    २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव, उपत्यका महिला कमिटी सचिव, ०६७ मा संघीय महिला विभाग सदस्य, ०७५ सम्म पार्टीको शिक्षा विभागमा रहेकी उनी पहिलो पटक मन्त्री बनेकी हुन्। उपप्राध्यापककाे जागिर छोडेर प्रत्यक्ष राजनीतिमा हाेमिएकी उनी दाेस्राेपटक निर्वाचित भएसँगै मन्त्री बन्ने अवसर प्राप्त गरेकी छन्।

    एमाले विदेशविभाग प्रमुख डा राजन भट्टराईकी सहोदर बहिनीसमेत रहेकी भट्टराई गत ०७९ सालको आम निर्वाचनमा पनि कास्की २ बाटै लगातार दोस्रो पटक सांसद निर्वाचित भएकी थिइन् ।

    उनका श्रीमान रविन्द्र अधिकारीको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएपछि २०७६ मा भएको उपनिर्वाचनमा उनी कास्कीबाट उठेकी थिईन् ।

    images
    सोमवार, आषाढ ३१ २०८१०४:०९:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार