Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविद्वारा स्थगित उपप्राध्यापक पदको लिखित परीक्षा सञ्चालन गर्ने (सूचना सहित)

त्रिविद्वारा स्थगित उपप्राध्यापक पदको लिखित परीक्षा सञ्चालन गर्ने (सूचना सहित)

  • 708
    SHARES

  • त्रिविद्वारा स्थगित उपप्राध्यापक पदको लिखित परीक्षा सञ्चालन गर्ने (सूचना सहित)

    साउन, २ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले स्थगित गरेको उपप्राध्यापक पदको लिखित परीक्षा पुनः सञ्चालन गर्ने भएको छ । विशेष कारण देखाउँदै स्थगित गरिएको उपप्राध्यापक पदको लिखित परीक्षा ३ बर्षपछि सञ्चालन गर्ने भएको हो ।

    त्रिभुवन विश्वविद्यालय सेवा आयोगले २०७७ फाल्गुन ९ गते र २०७८ आषाढ १५ गते उपप्राध्यापक पदको लिखित परीक्षाका लागि विज्ञापन प्रकाशित गरेकोमा विशेष कारण देखाउँदै परिक्षा स्थगित गरेको थियो । उक्त स्थगित लिखित परीक्षा आगामी भाद्र ५ गते देखि विभिन्न चरणमा सञ्चालन हुने विश्वविद्यालयले जारी गरेको सुचनामा उल्लेख छ ।

    प्रथम चरणमा चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा सञ्चालन हुने र अन्य अध्ययन संस्थान र संकायसँग सम्बन्धित विषयको परीक्षा तालिका आयोगको वेबसाइटमा क्रमशः प्रकाशन गरिने जनाएको छ । परीक्षा तालिका, परीक्षा केन्द्र तथा परीक्षासँग सम्बन्धित विस्तृत विवरण त्रिवि सेवा आयोगको वेवसाईट www.tusc.tu.edu.np तथा कार्यालयको सूचना पाटीमा हेर्न सकिनेछ जानकारी दिएको छ।

    FB_IMG_1721181321062.jpg

    images
    बुधवार, श्रावण २ २०८१०७:५९:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार