Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविमा स्नातक तहमा डाटा साईन्स विषयको अध्यापन हुने; भर्नाका लागि आवेदन खुला ।

त्रिविमा स्नातक तहमा डाटा साईन्स विषयको अध्यापन हुने; भर्नाका लागि आवेदन खुला ।

  • 1.5K
    SHARES

  • त्रिविमा स्नातक तहमा डाटा साईन्स विषयको अध्यापन हुने; भर्नाका लागि आवेदन खुला ।

    साउन, ३ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत गणित विज्ञान स्कूलले स्नातक तहमा डाटा साईन्स विषयको अध्यापन सुरु गर्ने भएको छ। विश्वविद्यालयले गणित विज्ञान स्कुलमा सेमेष्टर प्रणाली अनुसार चार वर्षे (आठ सेमेप्टर) स्नातक तहको डाटा साईन्स कार्यक्रममा सुरु गर्ने भएको हो ।

    कुल क्रेडिट घण्टा १२३ भएको यो कार्यक्रमको पाठ्यक्रमको प्रकृतिमा सैद्धांतिक, व्यावहारिक, परियोजना, सेमिनार, इंटर्नशिप समावेश गरिएको छ।

    त्रिभुवन विश्वविद्यालय सेमेष्टर प्रणाली सञ्चालन विनियम २०७४ अनुसार जम्मा ४० सिटमा ८० (३२ जना) खुल्ला र २० (८ जना) समावेशी कोटा विभाजन गरेर कक्षा सञ्चालन गर्ने छ ।

    यो विषय पढ्कालागि उच्च माध्यमिक र माध्यमि विद्यालयको जुनसुकै धारवाट १२ वा सो सरहको परीक्षामा न्यूनतम 'C' जिपिए प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ । त्रिवि. वा यसवाट मान्यता प्राप्त शिक्षण संस्थावाट प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षामा कम्तिमा दोश्रो श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

    त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत गणित विज्ञान स्कूलमा सेमेष्टर प्रणाली अनुसार पठनपाठन हुने चार वर्षे (आठ मेमेष्टर) स्नातक तहको डाटा साईन्स (Bachelor in Data Science) कार्यक्रममा भर्ना हुन इच्छुक विद्यार्थीहरुले स्कूलको वेभसाइट https://sms.tu.edu.np मा गएर २०८१ श्रावण ०१ गते बाट अनलाईन मार्फत भर्न सकिनेछ ।

    नयाँ भर्नाको लागी न्यूनतम योग्यता:

    क) उच्च माध्यमिक/माध्यमिक विद्यालयको जुनसुकै धारबाट १०+२ वा सो सरहको परीक्षामा Final CGPA न्यूननम १.८ प्राप्त गरी उत्तीर्ण गरका हुनुपर्नेछ ।

    ख) त्रि.वि.वा यसवाट मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षामा कम्तिमा दीथो श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्नेछ ।

    ग) A Level को परीक्षामा न्यूनतम D ग्रेड ल्याई उत्तिर्ण गरेकी हुनुपर्नेछ।

    घ) CTEVT बाट जुनसुकै विषयमा तिनबर्षे डिप्लोमा तहमा कम्निमा द्वितिय श्रेणिमा उतिर्ण गरेको हुनुपर्नेछ ।

    ङ) विदेशी शैक्षिक संस्थावाट प्राप्त गरेको शैक्षिक योग्यताको हकमा पाठ्यक्रम विकास केन्द्र, गानोठिमी, भक्तपुरबाट समकक्षता प्राप्त गरेकी कागजात पेश गर्नुपर्नेछ ।

    विद्यार्थीहरुले प्रवेश परीक्षा शुल्क बापतको रकम नेपाल बैंक लिमिटेड कीर्तिपुर शाखाको "T.U. School of Mathematical Science" को च.हि.नं. ०४५००१०६२७६४०१०००००१ मा रु.२,०००/- (अक्षेरुपीः दुई हजार मात्रा जम्मा गर्नुपर्नेछ । बैंक भौचर वा अनलाइन बाट रकम जम्मा गर्दा विद्यार्थीले आफ्‌नो पुरा नाम बर अनिवार्य रुपमा लेख्नुपर्नेछ । बैंक भीचर काटी सकेर्याद्ध परीक्षा शुल्क बापत बुझाएको रकम फिर्ता हुनेछैन ।

    प्रवेश परीक्षा सम्बन्धि जनकारी

    क) लिखित, अन्तर्वार्ता र शैक्षिक योग्यताको आधारमा नयी भर्मा लिईनेछ। जस अन्तर्गत निश्चित परीक्षाको ८०, अन्तर्वार्ता १० र शैक्षिक योग्यताको १० गरी कुल १०० पूर्णाङको प्राप्ताइको बधारमा योग्यताक्रम सूचि प्रकाशित गरीनेछ ।

    ख) Mathematics (30 Marks), English (30 Marks) GK and IQ (20 Marks) विषयको १ घण्टा ४५ मिनेटको ८० पूर्णाङ्गको Multiple Choice प्रश्नहरु भएको लिखित परीक्षा हुनेछ ।

    ग) लिखित परीक्षा उत्तिर्ण हुन ३५% अप्राप्त गर्नुपर्नेछ।

    घ) लिखित परीक्षाको नमुना प्रश्नपत्र स्कूलकी बेभसाइट बार प्राप्त गर्न सकिनेछ ।

    ङ) लिखित परीक्षा र अन्तर्वार्ता हुने मिति र समय पछि प्रकाशित गरिनेछ ।

    समावेशी कोटा:

    वि.वि. मेमेष्टर प्रणाली संचालन विनियम २०७४ अनुसार जम्मा ४० सिटमा ८०४ (३२ जना) खुल्ला र २०% (०८ जना। समावेशी कोटाको आधारमा भर्ना लिइनेछ ।

     छात्रवृत्ति:

    त्रि.वि. विज्ञान तथा प्रसिद्धि अध्ययन संस्थान छात्रवृत्ति सम्बन्धि निर्देशिका २०७९ अनुसार प्रत्येक सेमेष्टरमा नेहेन्दार छात्रवृत्ति एकजना छात्र र एकजना छात्रालाई) र १०% विद्यार्थीहरुलाई निःशुल्क छात्रवृति प्रदान गरिनेछ ।

    Screenshot_20240718-090801~2.png

    images
    बिहिवार, श्रावण ३ २०८१०९:३१:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार