Jul 27 2026 | २०८३, श्रावण ११ गते

मध्यपश्चिम विश्वविद्यालयद्वारा पाठ्यक्रम निर्माण सम्बन्धी दुईदिने कार्यशालाको उद्घाटन।

मध्यपश्चिम विश्वविद्यालयद्वारा पाठ्यक्रम निर्माण सम्बन्धी दुईदिने कार्यशालाको उद्घाटन।

  • 800
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयद्वारा पाठ्यक्रम निर्माण सम्बन्धी दुईदिने कार्यशालाको उद्घाटन।

    साउन, ३ गते सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले पाठ्यक्रम निर्माण सम्बन्धी दुईदिने कार्यशालाको उद्घाटन गरेको छ। ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीको आयोजना तथा इसिमोड, ग्रेप परियोजनाको सहकार्यमा स्नातक तह वातावरण विज्ञान विषयको पाठ्यक्रम निर्माण सम्बन्धी दुइ दिने कार्यशाला विश्वविद्यालय उपकुलपति प्रा. डा. ध्रुब कुमार गौतमले बिहीवार उद्घाटन गरेका हुन्।

    कार्यशालाको उद्घाटन समारोहमा बोल्नु हुदै उपकुलपति प्रा. डा. गौतमज्यूले यस कार्यशाला मार्फत मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गत अध्यापन भईरहेको वातावरण विज्ञानको पाठ्यक्रम उत्कृष्ट ढंगबाट निर्माण भई आजको आवश्यकता र विश्व बजारमा पर्तिस्पर्धि विद्यार्थी उत्पादनमा सहयोग पुग्नेमा आफु विश्वस्त रहेको बताए।

    FB_IMG_1721300611545.jpg

    कार्यक्रममा विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन तथा विद्यापरिषदका अध्यक्ष सह-प्रा. डा. सुदीप ठकुरीज्यूले ग्र्याजुएट स्कुलमा एलएमडीपी (Labor Market Driven Programs - LMDPs) को अवस्था बारे आफ्नो मतव्य प्रस्तुत गरेका थिए, भने विश्वविद्यालय पाठ्यक्रम निर्देशनालयका कार्यकारी निर्देशक सह-प्रा. बीरबहादुर पौडेलले मध्यपश्चिम विश्वविद्यालयको एलएमडीपी नीति बारे आफ्नो भनाई राखेका थिए।

    त्यसै गरी कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका विश्वास ढकालले एलएमडीपीमा आधारित भएर पाठ्यक्रम निर्माणको आवश्यकता र आयोगको नीति तथा योजना बारे आफ्नो धारणा व्यक्त गरेका थिए। साथै इसिमोड अन्तर्गत ग्रेप परियोजनाका संयोजक कमल अर्यालले मध्यपश्चिम विश्वविद्यालय र इसिमोड/ग्रेप बीचको सम्बन्ध र सहकार्य बारे प्रकाश पारे।

    FB_IMG_1721300642834.jpg

    उक्त दुइ दिने कार्यशालामा प्रस्तुतीकरण, सामुहिक छलफल र सुझाब संकलन लगायतका विभिन्न सत्रहरु संचालन हुनेछन् । विश्वविद्यालय अनुदान आयोग; मध्यपश्चिम विश्वविद्यालय; त्रिभुवन विश्वविद्यालय; काठमाण्डौ विश्वविद्यालय; उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश; भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश; नास्ट; इसिमोड; सिप्रेड, यूएसएड, जीआइजेड लगायतका संस्थाहरुबाट विषय विज्ञ तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ।

    वीरेन्द्रनगर, सुर्खेतमा आयोजना भईरहेको उक्त कार्यशालाको उद्घाटन समारोहमा ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका संयोजक उप-प्रा. पुष्पराज आचार्यले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रमको संचालन उप-प्रा. शिवराज घिमिरेले गरेका थिए।

    images
    बिहिवार, श्रावण ३ २०८१०५:१०:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार