Jul 27 2026 | २०८३, श्रावण ११ गते

स्नातक तहको अन्तिम वर्षमा अनुर्त्तीण हुने विद्यार्थीले मौका परिक्षा दिन पाउने

स्नातक तहको अन्तिम वर्षमा अनुर्त्तीण हुने विद्यार्थीले मौका परिक्षा दिन पाउने

  • 1.6K
    SHARES

  • स्नातक तहको अन्तिम वर्षमा अनुर्त्तीण हुने विद्यार्थीले मौका परिक्षा दिन पाउने

    साउन, ६ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले वार्षिक प्रणालीअन्तर्गत स्नातक तह (Bachelor) को अन्तिम वर्षमा अनुर्त्तीण हुने विद्यार्थिहरुले मौका परिक्षा दिन पाउने निर्णय गरेको छ । विश्वविद्यालयले स्नातक तहमा फेल हुने विद्यार्थीले एक महिनाभित्र मौका/पूरक परीक्षा दिन पाउने व्यवस्था गरेको हो।

    त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालका अनुसार ‘सेमेस्टर प्रणालीमा ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको र वार्षिक प्रणालीमा पनि नतिजा प्रकाशन भएको दुई सातापछि मौका परीक्षा सञ्चालन गर्न पाउने निर्णय गरेको छ। यो निर्णय अनुसार दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने छन।

    यसअघि अन्तिम वर्षमा कुनै पनि विषयमा अनुत्तीर्ण भए अर्को वर्ष मात्रै परीक्षा दिन पाउने व्यवस्था थियो । विद्यार्थीको एक वर्ष खेर गएकाले त्यसलाई बचत गर्न मौका परीक्षा सञ्चालन गर्न लागिएको बतैएको छ। सबै संकाय र अध्ययन संस्थानमा उक्त निर्णय लागू हुने त्रिविले जनाएको छ ।

    स्नातक तहको पहिलो, दोस्रो, तेस्रो वर्षमा अनुत्तीर्ण भए चौथो वर्ष अध्ययन गर्दासम्म विद्यार्थीले अनुत्तीर्ण विषयमा परीक्षा दिन पाउनेछन् । पहिले चौथो वर्षमा असफल भए अर्को वर्षको वार्षिक परीक्षासम्म प्रतिक्षा गर्नुपर्ने हुन्थ्यो । मौका परीक्षा सञ्चालन गर्दा हरेक ब्याचका २० देखि २५ हजार विद्यार्थीले अवसर पाउने त्रिविको अनुमान छ ।

    images
    आइतवार, श्रावण ६ २०८१०९:३१:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार