Oct 03 2026 | २०८३, आश्विन १७ गते

समकक्षताका लागि घुस लिएको आरोपपछि उपमहानिर्देशक कोइरालाको नेतृत्वमा छानबिन समिति गठन

समकक्षताका लागि घुस लिएको आरोपपछि उपमहानिर्देशक कोइरालाको नेतृत्वमा छानबिन समिति गठन

  • 534
    SHARES

  • समकक्षताका लागि घुस लिएको आरोपपछि उपमहानिर्देशक कोइरालाको नेतृत्वमा छानबिन समिति गठन

    साउन, ८ गते काठमाडौ । पाठ्यक्रम विकास केन्द्रमा समकक्षताका लागि घुस लिएको आरोपपछि पाठ्यक्रम बिकास केन्द्रका उपमहानिर्देशक बसन्त प्रसाद कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। केद्रमा समकक्षताको आगि काम गर्दा सांसदबाट घुस लिएको आरोपपछि शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको हो।

    प्रतिनिधि सभाका माननीय सदस्यज्यूहरुबाट पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएको काम कारवाहीका सम्बन्धमा उठाइएको विषयमा समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानविन गरी ७ सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।

    उक्त समितिमा उपसचिव रामप्रसाद शर्मा र शाखा अधिकृत पुष्पा वाग्ले सदस्य रहेका छन् ।

    यसअघि जनता समाजवादीका सांसद वीरेन्द्र महतो प्रतिनिधिसभा बैठकमै छोराको समकक्षता लिन पाँच हजार रुपैयाँ घुस दिनुपरेको बताएका थिए । भारतीय सीबीएसई कोर्स पढेर नेपालबाट समकक्षता लिँदा ५ हजार घुस दिएपछि मात्रै काम बनेको भन्दै संसदमा प्रश्न उठाएका थिए ।

    FB_IMG_1721739777403.jpg

    images
    मंगलवार, श्रावण ८ २०८१०९:२७:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार