Jul 27 2026 | २०८३, श्रावण ११ गते

एभरेस्ट इनोभेटिभ कलेजले गर्यो नयाँ विद्यार्थीलाई अभिमुखीकरण

एभरेस्ट इनोभेटिभ कलेजले गर्यो नयाँ विद्यार्थीलाई अभिमुखीकरण

  • 531
    SHARES

  • एभरेस्ट इनोभेटिभ कलेजले गर्यो नयाँ विद्यार्थीलाई अभिमुखीकरण

    साउन, १२ गते काठमाडौ । एभरेस्ट इनोभेटिभ कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ। शनिवार एक कार्यक्रमका बिच काठमाडौ महानगरपालिका वडा नं. १३ मा अवस्थित एभरेस्ट इनोभेटिभ स्कुलको हलमा EIC ले बिहान र दिउँसो विभिन्न समुहमा विद्यार्थी अभिमुखीकरण कार्यक्रम गरेको हो।

    20211018143315_IMG_1948.JPG

    अभिमुखीकरण कार्यक्रम कलेजका प्रिन्सिपल दिपक कुमार झा को सभापतित्वमा र प्रमुख अतिथि एभरेस्ट इनोभेटिभ एजुकेसन फाउन्डेसनका अध्यक्ष शंकर प्रसाद दुलाल, बिशेष अतिथी सिइओ हरिप्रसाद काफ्ले, प्रशासन प्रमुख रामप्रसाद पौडेल, बिशेष अतिथि ज्योति जनता बहुमुखी क्याम्पस उदयपुरका क्याम्पस प्रमुख मनोज कुमार झा, EIC का मेनेजमेन्ट कोर्डिनेटर गोपाल प्रसाद दुलाल, बिज्ञान कोर्डिनेटर सुदर्शन श्रेष्ठ, लगाएत फ्याकल्टी मेम्बर,शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

    20211018184833_IMG_2046~2.JPG

    अभिमुखीकरण कार्यक्रममा साइन्स कोर्डिनेटर सुदर्शन श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयो। उहाँले विद्यार्थीहरुको सिकाइ उपलब्धि र गुणात्मक बिकासका लागि बाताबरण निर्माण गर्ने बताउनुभयो।

    20211018145100_IMG_1980.JPG

    कार्यक्रममा ब्यवस्थापन कोर्डिनेटर गोपाल प्रसाद दुलालले विद्यार्थीहरुको भविष्यको आशा EIC ले पूरा गर्ने बताउनुभयो । साथै यो दुई बर्ष जसले मिहेनत गर्छ त्यसको भविष्य उज्ज्वल छ उहाँले भन्नुभयो ।

    20211018153221_IMG_1995~2.JPG

    अभिमुखीकरण कार्यक्रममा ज्योति जनता बहुमुखी क्याम्पस उदयपुरका क्याम्पस प्रमुख मनोज कुमार झाले संस्कार सहितको गुणस्तरीय शिक्षका लागि एभरेस्ट इनोभेटिभ कलेज उत्कृष्ट रहेको बताउनुभयो।

    20211018150658_IMG_1988~2.JPG

    अभिमुखीकरण कार्यक्रममा EIC नेट्वोर्कका अध्यक्ष शंकर दुलालले विद्यार्थीहरु आफ्नो उदेश्य प्रती प्रतिबद्ध हुनुपर्ने बताउनुभयो। कुरा मात्रै गरेर अथवा कल्पना मात्रै गरेर हुदैन। जीवनमा Hard work र Smart work गर्नुपर्छ। उहाँले भन्नुभयो, आज गर्नुपर्ने काम आजै गरौ, भोलि गर्नुपर्ने काम आज नगरौ । बरु विद्यार्थीहरु मोबाइल गेमिङ जस्ता कुराहरुबाट टाढारहनु पर्ने धारणा ब्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरुको पढ्ने दायित्व हो त्यसभन्दा बाहिरको कुराहरु गर्न नहुने धारणा समेत ब्यक्त गर्नुभयो।

    20211018171840_IMG_2025~2.JPG

    त्यसैगरी एभरेस्ट इनोभेटिभ कलेजका सिइओ हरिप्रसाद काफ्लेले कलेजको शैक्षिक वातावरण र विद्यार्थीहरुले गर्नुपर्ने कामहरुको बारे सङ्क्षिप्त जानकारी दिनुभयो। विद्यार्थीहरुले बिषय छान्दा ध्यान दिने कुरा र भविस्यमा आफुलाई पढ्न रुचि भएको बिषय छान्नका लागि महत्त्वपूर्ण सुझाव दिनुभयो। विद्यार्थीहरुले गृहकार्य, कक्षाकार्य, विभिन्न प्रोजेक्ट कार्यहरु नियमित अनिवार्य गर्नुपर्ने भन्दै विद्यार्थीले गरेका कार्यहरू कक्षा शिक्षक र कोर्डिनेटर मात्रै होइन कलेजको प्रशासनले आफै मूल्याङ्कन गर्ने बताउनुभयो।

    20211018170148_IMG_2017~2.JPG

    सिइओ काफ्लेले संस्कार सहितको शिक्षा दिन बसुधैव कटुम्बकमको भावनालाई अघि बढाउने बताउनुभयो। साथै देशलाई माया गर्ने जनशक्ति उत्पादन गर्नु कलेजको अर्को उदेश्य रहेको भन्दै आफै उत्पादन गरेर जीवन निर्वाह गर्ने जनशक्ति निर्माण गर्न सीप सहितको शिक्षा दिने धारणा व्यक्त गर्नुभयो।

    20211018160739_IMG_2013.JPG

    सिइओ काफ्लेले हरेक आइतबार विद्यार्थीहरुको परीक्षा लिने र शुक्रवार नतिजा दिने कार्य गर्दै विद्यार्थीले गरेको प्रगतिको बारे अभिभावकहरुलाई जानकारी दिने बताउनुभयो। त्यसैगरी EIC रिजल्ट राम्रो नआउने विद्यार्थीहरुको लागि अतिरिक्त कक्षा संचालन गर्ने, त्यतिले पनि नहुदा डे बोडर्सको समेत ब्यबस्था गर्ने भन्दै विद्यार्थीहरुको भविष्य निर्माणमा कुनैपनि कन्जुस्याइँ नगर्ने बताउनु भयो।

    20211018143549_IMG_1951.JPG

    त्यस्तै EIC का प्रशासन प्रमुख रामप्रसाद पौडेलले विद्यार्थीले कलेजमा पालना गर्नुपर्ने अनुशासनका बारे अभिमुखीकरण गर्नुभयो। NEB नियम अनुरुप विद्यार्थीहरु ९० प्रतिशत अनिवार्य उपस्थित भएको हुनुपर्ने भन्दै विद्यार्थीहरु कलेजको अनुशासन निसर्त पालना पर्नुपर्ने बताउनुभयो । विद्यार्थीहरुले कलेज हाता भन्दा बाहिर ड्रेस लगाएर अनर्गल, अस्वभाविक कार्यहरू गर्ने, जाँडरक्सी, गुठ्का, सुर्ती खाने र हिंसामा सामेल भएको पाइए अभिभावकलाई बोलाएर कानुन बमोजिम दन्डित गर्दै जिम्मा लगाउने प्रशासन प्रमुख पौडेलले बताउनुभयो ।

    20211018154818_IMG_2005~2.JPG

    विद्यार्थीहरुको शिक्षण सिकाइ क्रियाकलापमा कुनै बाधा अडचन आउने कार्य भए कलेज प्रशासनले समाधान गर्ने भन्दै शिक्षाको गुणस्तरमा कुनैपनि सम्झौता नगर्ने बताउनुभयो। Classaroom management लाई मुख्य ध्यान दिन्छौं। कक्षाकोठाको प्रस्तुति अत्यन्तै उत्साही बनाउछौ। जीवनोपयोगी सिप सहित ब्यबहारिक शिक्षा प्रदान गर्नेछौ पौडेलले भन्नुभयो।

    20211018184402_IMG_2037~2.JPG

    साथै विद्यार्थीको तर्फबाट कक्षा १२ का विद्यार्थी सामिप्य दुलाल र अनुस्का अधिकारी र कक्षा ११ का अमित लिम्बु, सपना कार्की र गृष्मा दाहालले नयाँ बिद्यार्थीहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए।

    20211018145926_IMG_1982.JPG20211018150239_IMG_1987.JPG

    कलेजले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको संचालन EIC का विश्वविद्यालय कार्यक्रम कोर्डिनेटर किशोर काफ्लेले गर्नुभयो।

    20211018171657_IMG_2022~2.JPG

    कार्यक्रमको समापन सभापति दिपक कुमार झाले विद्यार्थीहरुलाई ब्यबस्थापकीय सिप, नेतृत्व बिकास गर्न बिशेष जोड दिने बताउनुभयो। त्यस्तै उहाँले विद्यार्थीहरुको सपना पुरा गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

    20211018173429_IMG_2028.JPG

    एभरेस्ट इनोभेटिभ कलेजले साउन १६ गते देखि कक्षा ११ को पठनपाठन सुरु गर्ने भएको छ।

    images
    आइतवार, श्रावण १३ २०८११०:४७:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार