सोमवार, श्रावण १४ २०८१
साउन, १४ गते काठमाडौ । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले विशेष आन्तरिक प्रतियोगिताद्वारा (स्थायी समायोजन) पदपूर्तिका लागि दर्खास्त आह्वान गरेको छ।
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कार्यकारी परिषद्को २०८० जेठ १४ को निर्णय अनुसार सिफारिस भई आएका शिक्षण तर्फका बिभिन्न सङ्काय र विषयका पदहरूमा सुदूरपश्चिम विश्वविद्यालय शिक्षक कर्मचारी सेवा नियमावली २०६९, (२०७७ संशोधन सहित) को ११०ख अनुसार विशेष आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति (स्थायी समायोजन) गर्नु दर्खास्त आह्वान भएको हो।
इच्छुक ब्यक्तिले मिति २०८१ साउन १४ गतेदेखि मिति २०८१ भदौ १६ गतेसम्म नियमित र २०८१ भदौ २३ गते सम्म दोब्बर दस्तुर तिरेर सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको वेबसाइट www.servicecomission.fwu.edu.np मा अकित Online Application मार्फत मार्फत दरखास्त दिन सकिने छ।

