मंगलवार, श्रावण १५ २०८१
साउन, १५ गते काठमाडौ । काठमाडौ महानगरपालिका वडा नं. १४ बल्खुमा अवस्थित काठमाडौ बर्नहार्ट कलेजले स्थापनाको २५औं बर्ष पूरा गरेको छ। यससंगै कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ। सोमबार एक भब्य समारोहका बीच बर्नहार्टले कक्षा ११ मा भर्ना भएका २५ औं ब्याचका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको हो।

अभिमुखीकरण कार्यक्रममा काठमाडौ बर्नहार्ट सेकेन्डरी स्कुल/कलेजका फाउन्डर प्रिन्सिपल केबि महर्जन, बर्नहार्ट सेकेन्डरी स्कुल/कलेजका अध्यक्ष भुपेस छत्कुली, सल्लाहकार नारायण प्रसाद चापागाईं, प्रबन्ध निर्देशक नवराज अधिकारी, शैक्षिक निर्देशक पुरुषोत्तम बिष्ट, प्रिन्सिपल अमृत बाबू भट्ट, प्रसाशन प्रमुख रामचन्द्र थापा, बिहानी सिफ्ट कोर्डिनेटर मनोज बिष्ट, दिवा सिफ्ट कोर्डिनेटर रामकृष्ण पराजुली लगाएत स्कुल कोर्डिनेटर, फ्याकल्टी मेम्बर, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

बर्नहार्ट सेकेन्डरी स्कुल/कलेजका फाउडिङ प्रिन्सिपल केबि महर्जनले गमलामा पानी राखेर अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै उत्प्रेरक भनाइहरु राख्नुभयो। उहाँले विद्यार्थीहरुको सिकाइ उपलब्धि र गुणात्मक बिकासका लागि उच्च अनुभवी तथा दक्ष शिक्षक, सुविधा सम्पन्न भौतिक संरचना भएकोले विद्यार्थीहरुले मिहेनत गरे बर्नहार्टबाट जीवन सफल बनाउने ज्ञान र सीप लिएर जाने बताउनुभयो।

अवसरहरु पटकपटक नआउने भन्दै अधिकारिले कलेजले प्रदान गरेको हरेक सुविधालाई सहि प्रयोग गर्न विद्यार्थीहरु आफै सक्रिय हुनुपर्ने र अवसरको सदुपयोग गर्नुपर्ने बताउनुभयो। साथै बर्नहार्टमा भर्ना भएरमात्रै सक्सेस हुदैन बरु विद्यार्थीहरुले निरन्तर मिहेनत गरे जिवनको लक्ष भेटाउन सकिने अधिकारीले बताउनुभयो।

त्यसैगरी कार्यक्रममा कलेजका सल्लाहकार प्रोफेसर डा. नारायण प्रसाद चापागाईंले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई दिनुभयो। उहाँले कक्षा ११ र १२ दुई बर्ष विद्यार्थीहरुको महत्वपुर्ण बर्ष हुने भन्दै निरन्तर मिहेनत गरे भविष्यमा सफलताको बाटो कोर्न सकिने बताउनुभयो। साथै उहाँले डिजिटल टेक्नोलोजीको सहि सदुपयोग गरे करियरको सहयोगी बन्नसक्ने धारण ब्यक्त गर्नुभयो।

अभिमुखीकरण कार्यक्रममा बर्नहार्ट सेकेन्डरी स्कुल/कलेजका अध्यक्ष भुपेश छत्कुलीले विद्यार्थीहरु आफ्नो उदेश्यप्रति प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले बिषय छान्दा आफुलाई पढ्न रुचि भएको बिषय छान्नका लागि महत्त्वपूर्ण सुझाव दिनुभयो।

अध्यक्ष छत्कुलिले सत प्रतिशन नतिजा ल्याउन के गर्नु पर्छ? त्यसको लागि कलेजको तर्फबाट गर्नुपर्ने दायित्व पूरा गर्ने भन्दै शिक्षण सिकाइमा हुने हरेक क्रियाकलापमा विद्यार्थीहरु सक्रिय सहभागी हुनुपर्ने बताउनुभयो। विद्यार्थीहरुले गर्नुपर्ने नियमित गृहकार्य, कक्षाकार्य, विभिन्न प्रोजेक्ट कार्यहरु अनिवार्य गर्नुपर्ने भन्दै विद्यार्थीले गरेका कार्यहरू कक्षा शिक्षक र कोर्डिनेटर मात्रै होइन कलेजको प्रशासनले आफै मूल्याङ्कन गर्नुपर्ने अध्यक्ष छत्कुलिले बताउनुभयो।

अभिमुखिकरण कार्यक्रममा बर्नहार्ट स्कुलका प्रिन्सिपल अमृत बाबू भट्टले उत्प्रेरक मन्तव्य राख्नुभयो। उहाँले देशको विभिन्न भुगोलबाट कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै आउने २ बर्ष विद्यार्थीहरुलाई उनिहरुको लागि सबैभन्दा महत्वपूर्ण समय रहने बताउनुभयो। विद्यार्थीहरुले स्वयं अनुशासन र आफ्नो जिम्मेवारी बोध गर्नुपर्ने भन्दै आगामी २ बर्ष विद्यार्थीहरुको शैक्षिक ज्ञान र सिप संगसंगै नेतृत्व बिकास, ब्यबस्थापकिए ज्ञान सिर्जनात्मक क्षमता र पेशगत जिवनको बिकास गर्नमा लागिपर्ने बताउनुभयो।
एक अर्को प्रसंगमा भट्टले बर्नहार्टको २५ बर्षे यात्रा अत्यन्तै प्रगतिशील र चम्किलो रहेकोले देश भरिमै टप १० मा पर्न सफल कलेजमा हाल ७७ जिल्लाकै विद्यार्थीहरु अध्ययन अध्यापन गर्दै आएको बताउनुभयो। कलेजको सुन्दरता भनेकै भिन्नभिन्न भुगोल, समुदाय, धर्म र संस्कृतिका विद्यार्थीहरुको जमघट हुने भएकोले विद्यार्थीहरुले सबैको सम्मान गर्दै त्यसबाट उनिहरुले नेपाली समाजबारे धेरै कुरा बुझ्नसक्ने बताउनुभयो।

त्यस्तै प्राचार्य भट्टले विद्यार्थीहरुलाई सपथ खुवाउदै कलेजमा पालना गर्नुपर्ने अनुशासनका बारे अभिमुखीकरण गर्नुभयो। साथै विद्यार्थीहरुले कलेज हाता भित्र वा बाहिर ड्रेस लगाएर अनर्गल, अस्वभाविक कार्यहरू गर्ने, ड्रग्स सेवन गर्ने र हिंसामा सामेल भएको पाइए र शिक्षखरुलाई दुव्र्यवहार गरेको पाइएमा अभिभावकलाई बोलाएर कानुन बमोजिम दन्डित गर्दै जिम्मा लगाउने प्रशासन प्राचार्य भट्टले बताउनुभयो ।

कलेजले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको संचालन काठमाडौ बर्नहार्टका शिक्षक वसन्त लम्सालले गर्नुभयो। उक्त कार्यक्रममामा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक गायन तथा नृत्यहरु प्रस्तुति गरेका थिए।

काठमाडौ बर्नहार्ट कलेजले साउन १७ गते बिहिवार देखि कक्षा ११ को पठनपाठन सुरु गर्ने भएको छ।





