शुक्रवार, श्रावण १८ २०८१
साउन, १७ गते काठमाडौ । काठमाडौ कलेज अफ सेन्ट्रल स्टेट (KCCS) ले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको छ। काठमाडौ महानगर, १३ सोल्टिमोडमा अवस्थित उक्त कलेजले एक भव्य कार्यक्रमका बीच विद्यार्थीहरुलाई अभिमुखिकरण गरेको हो।

कार्यक्रम स्कुल/कलेजका निमित्त प्रिन्सिपल तथा एकेडेमी डाइरेक्टर टंकप्रसाद गैरेको सभापतित्वमा सम्पन्न भयो। उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. राजेद्र प्रसाद चापागाईं, कलेजका सल्लाहकार तथा सह-प्राध्यापक खोम राज खरेल, प्रशासनिक प्रमुख सिताराम नेपाल, कक्षा ११ र १२ का कोर्डिनेटर राजन श्रेष्ठ, कलेजका प्लानिङ हेड महेस घर्ती, कलेजका आर्थिक निर्देशक राहुल यादव, स्कुलका भाइस प्रिन्सिप राजकुमार श्रेष्ठ, इसिए इन्चार्ज रोहित दियाली, काउन्सिलर इन्चार्ज मिलन राई, एडमिन अफिसर बन्दना अधिकारी लगाएत बिभागीय प्रमुखहरु, शिक्षक, कर्मचारी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम कलेजका +२ कोर्डिनेटर राजन श्रेष्ठले संचालन गर्नुभयो।

अभिमुखिकरण कार्यक्रममा बिशेष अतिथीको रुपमा आउनुभएका त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. राजेद्र प्रसाद चापागाईंले विद्यार्थीहरुलाई उत्प्रेरक मन्तव्य दिनुभयो।

काठमाडौ कलेज अफ सेम्ट्रल स्टेटको शैक्षिक वातावरण अत्यन्तै उत्कृष्ट भएकोले नतिजा समेत उत्कृष्ट आउने गरेको धारणा ब्यक्त गर्नुभयो। एसोसिएट प्रोफेसर डा. चापागाईंले अहिले विद्यार्थीहरु मानिसहरुलाई इलेक्टि्रकल डिभाइसले कृतिम बनाउदै गरेको र सिर्जना गर्ने क्षमता ह्रास हुन थालेको प्रति चिन्ता व्यक्त गर्दै पढ्ने संस्कृतिको बिकास गर्नुपर्ने र विद्यार्थीहरुले नपढिकन उपलब्धी हाँसिल गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो।

समय सबै भन्दा महत्त्वपूर्ण कुरा हो। विद्यार्थीहरुले समयमै मिहेनत गरे हरेक कुरा सम्भव छ। त्यसैले आफ्नो क्षमतालाई सहि ठाउँमा प्रयोग गर्यो भने तपाईं ठूलो मान्छे बन्न सक्नुहुन्छ, चापागाईंले भन्नुभयो।

डा. चापागाईंले समाजमा विभिन्न किसिमका मानिसहरु हुने भएकोले राम्रो संगतमात्रै गर्न उहाँले विद्यार्थीलाई सुझाव दिनुभयो। साथै हामीले सकारात्मक सोचबाट अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले स्वयं ब्यक्तिमा धेरै खुबी हुने तर आफुलाई अरुसंग दाँज्दा समस्या आउने भएकोले आफुलाई अरुसंग नदाँज्न सुझाव दिनुभयो। साथै विद्यार्थीहरु बिदेश जाने मानसिकताबाट टाढा रहनुपर्छ भन्दै आफ्नै देशमा उद्धम गर्नुपर्ने बताउनुभयो।

त्यसैगरी कार्यक्रममा साहयक क्याम्पस चिफ जीवन थापाले कक्षा ११ को शैक्षिक योजनाबारे मन्तव्य दिनुभयो। उहाँले काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटको भिजन विद्यार्थीहरुलाई उच्च- ज्ञान हाँसिल गर्ने र आगामि शैक्षिक भविष्य सुन्दर बनाउनु रहेको भन्दै विद्यार्थीहरुले कठिन मिहेनत गरे काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटले उत्कृष्ट नतिजा दिन सक्ने बताउनुभयो।

उक्त कार्यक्रममा प्लानिङ हेड महेस घर्तीले विद्यार्थीहरुलाई स्वागत मन्तव्य दिनुभयो। उहाँले विद्यार्थीहरु अनुशाशीत र जिम्मेवारपुर्वक मिहेनत गरे २ बर्षपछि आफ्नो नयाँ परिचय बनाउन सक्ने धारणा ब्यक्त गर्नुभयो।

अन्त्यमा कार्यक्रमको सभापति तथा निमित्त प्रिन्सिपल टंकप्रसाद गैरेले शिक्षाले देशलाई माया गर्ने नागरिक उत्पादन गर्न सक्नुपर्ने भन्दै काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटले त्यो कुरा अनुभुत हुनेगरि सिक्ने र सिकाउने कार्यमा निरन्तर लागिपर्ने बताउनुभयो। आजभोलिका विद्यार्थीहरुको सपना नै बिदेश पलायन भएर जाने भयावह स्थिती आएको भन्दै आफ्नै देशमा श्रम गर्दै देशमै उद्धम गर्न विद्यार्थीहरुलाई उत्प्रेरित गर्नुभयो।

पढ्न अनुशासन चाहिन्छ, विद्यार्थीहरुले अनुशासन पालना गर्नुपर्छ , हामी आफ्नो होइन विद्यार्थीहरुको सपना पूरा गर्न लागि परेका छौ।" भन्दै गुणस्तरीय र जीवन उपयोगी शिक्षा दिन कुनै सम्झौता नगर्ने धारणा ब्यक्त गर्नुभयो।

कार्यक्रमको अन्तिम तथा अनौपचारिक सेसनमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक नृत्य, गायनहरु प्रस्तुत गरेका थिए। काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटले साउन २१ सोमबारबाट कक्षा ११ को पढाइ शुरु गर्ने भएको छ।






