शुक्रवार, श्रावण १८ २०८१
साउन, १८ गते काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
नतिजा अनुसार ५२ दशमलब ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार परीक्षामा १,८७,०२१ जना विद्यार्थीहरुको NG आएको छ। ९,५९१ जना विद्यार्थीहरुले ३.६५ 3.65 देखि ४.० GPA ल्याउन सफल भएका छन्।
त्यसैगरी जिपिए ३.२१ देखि ३.६० ल्याउने ४६,८९३ जना, जिपिए २.८१ देखि ३.२० ल्याउने ७८,०७५ जना, जिपिए २.४१ देखि २.८० ल्याउने ६१,०३६ जना, जिपिए २.०१ देखि २.४९ ल्याउने ८,२४० जना जिपिए १.६१ देखि २.० ल्याउने १२ जना विद्यार्थी रहेका छन।

कुन प्रदेशमा कति जना विद्यार्थीहरुले NG ल्याए:
कोशी: 35,131 जना
मधेस 26,086 जना
बागमती : 38,146 जना
गण्डकी : 16,033 जना
लुम्बिनी : 34,686 जना
कर्णाली : 15,357 जना
सुदूरपश्चिम : 21,582 जना
नतिजा अनुसार सबै विषयमा अनुपस्थित परीक्षार्थी संख्या पाँच हजार छ सय ३२ छ भने एक सय दुई जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ ।
नतिजा हेर्न यसो गर्नुस।
कक्षा १२ को परीक्षाको नतिजा हेर्न राष्ट्रिय परिक्षा बोर्डको वेबसाईट neb.gov.np मा र नेपाल टेलिकमको Website https://neb.ntc.net.np मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिनेछ।
त्यसैगरी नेपाल टेलिकमको Land line phone, Mobile बाट १६०१ डायल गरी प्राप्त निर्देशानुसार गर्ने । SMS का लागि Mobile को Message box मा NEB टाइप गरी १६०० मा पठाउने । र USSD का लागि नेपाल टेलिकमको Mobile बाट १६००# डायल गरी प्राप्त निर्देशानुसार गर्ने।

बोर्डका अनुसार यस वर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार आठ ४७ परीक्षार्थी र त्यस्तै, ग्रेडवृद्धितर्फ एक लाख ६ सय ५० विद्यार्थी सहभागी हुने भएका थिए।
परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरी कुल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको थियो। सबैभन्दा बढी काठमाडौंमा एक सय ४४ र मनाङ र मुस्ताङमा एक–एकवटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो। पहिलोपटक बोर्डले यस वर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौंका परीक्षा केन्द्र निर्धारण गरेको थियो।