Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १२मा दुई भन्दा बढी विषयमा एनजि आउनेले पुरक परीक्षा दिन नपाउने

कक्षा १२मा दुई भन्दा बढी विषयमा एनजि आउनेले पुरक परीक्षा दिन नपाउने

  • 1.1K
    SHARES

  • कक्षा १२मा दुई भन्दा बढी विषयमा एनजि आउनेले पुरक परीक्षा दिन नपाउने

    साउन, १८ गते काठमाडाैँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे परीक्षाकाे नतिजामा कक्षा १२मा दुई भन्दा बढी विषयमा एनजि (ननग्रेड) आउने विद्यार्थीले पुरक (ग्रेडबृद्धी) परीक्षा दिन नपाउने निर्णय गरेको छ।

    शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेसँगै बाेर्डले १ लाख ८७ हजार २१ जना विद्यार्थी नन्‌ग्रेडेड (एनजी) ल्याएका मध्ये दुई विषयमा नन्‌ग्रेडेड हुनेले मात्र पुरक (ग्रेडबृद्धी) परीक्षामा सहभागी हुन पाउने जनाएकाे हाे।

    एनजीमा पर्ने मध्ये दुई विषयसम्म नन्‌ग्रेडेड हुने विद्यार्थीले मात्र पुरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ। ‘सैद्धान्तिक तर्फ अन्य विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा एनजी प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीहरूले मौका (पुरक) परीक्षामा सहभागी हुन पाउने छन्,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पुरक परीक्षाको विस्तृत जानकारी समय तालिकासम्बन्धी सूचनामा उल्लेख गरिनेछ।’

    images
    शुक्रवार, श्रावण १८ २०८१०१:२८:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार