शुक्रवार, श्रावण १८ २०८१
साउन, १८ गते काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को मौका (पूरक) परीक्षा आगामी भदौ २५ र २६ गते संचालन गर्ने भएको छ। बोर्डले समयतालिका प्रकाशित गर्दै यस्तो जानकारि दिएको हो।
२०८१ सालको वैशाख महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा (रजिष्ट्रेशन नम्बरको शुरुका दुई अड्क ८० भएका) परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम D वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा NG (Not Graded) प्राप्त गर्ने वा सैद्धान्तिक तर्फ अन्य विषयमा D वा सो भन्दा माथिल्लो ब्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित (Absent) भएका वा सैद्धान्तिक तर्फ अन्य विषयमा D वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा NG (Not Graded) वा कुनै एक विषयमा अनुपस्थित (Absent) भएका परीक्षार्थीहरू मात्र परीक्षामा मौका सम्मिलित हुन पाउने सुचनमा उल्लेख गरिएको छ।
परीक्षा विहान ११:०० बजेदेखि २:०० बजेसम्म संचालन हुने छन।
२०८१ भदौ २५ गते मंगलबार अनिवार्य अङ्ग्रेजी (००४१) वा एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय वा दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुबै विषयमा मौका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी (००४१) र बोसो बिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा विनुपर्नेछ ।।
त्यस्तै २०८१ भदौ २६ गते बुधबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषय यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा सञ्चालन हुनेछैन ।
२०८१ सालको कक्षा १२ को मौका (पूरक परीक्षामा सहभागी हुनका लागि मिति २०८१ भदौ १४ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यावी र ६००० सय का दरले हुन आउने रकम बुझाई सक्नुपर्नेछ। उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका परीक्षाचीहरुका नागि मिति २०८१ भदौ १८ गतेभित्र विलम्ब शुल्कसहितको रकम प्रति विद्याची रु. १,२००५- (एक हजार दुई सयः बुझाई सम्बन्धित विद्यालयमार्फत मिति २०८१ भदौ १९ गते कार्यालय समयभित्र रकम जम्मा गरेको भौचरसहित बोर्डका सम्बन्धित कार्यालयहरूमा जावेदन फाराम बुझाई सक्नु पर्नेछ।
मौका (पूरक) परीक्षा दुई दिन मात्र सञ्चालन हुनेछ। एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीने जुनसुकै विषय भए पनि परीक्षा सञ्चालन भएको पहिलो दिन (मिति २०८१/०५/२५ गतेः मैं परीक्षामा सहभागी हुनुपर्ने छ। अनिवार्य अङ्ग्रेजी (००४१) विषयमा परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूको परीक्षा पहिलो दिन मात्र सञ्चालन हुनेछ ।
दुई विषयमा परीक्षा दिने परीक्षार्थीले आफूले परीक्षा दिने सानो कोड नम्बर भएको विषयमा पहिलो दिन (अनिवार्य नेपाली (००२१) र अनिवार्य अङ्ग्रेजी (००४१। दुबै विषयमा परीक्षा दिने परीक्षाधीको हकमा सानो कोड ००२१ भएतापनि पहिलो दिन ००४९ विषयको परीक्षा दिनुपर्ने छ।
तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अकर्को व्यवस्था गरिनेछैन । कुनै आकस्मिक विदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना बिना परीक्षा स्थगित गरिनेछैन ।
