बुधवार, श्रावण २३ २०८१
साउन, २३ गते काठमाडौ । मकवानपुरको बकैया गाउपालिकाले ८२ जना शिक्षक पदपूर्तिका लागि आवेदन माग गरेको छ। पालिकाले माद्यामिक र र निम्न माध्यमिक तह तृतीय श्रेणी अंग्रेजी, नेपाली, गणित, विज्ञान, अर्थशास्त्रका लागि विषयगत शिक्षक पदपुर्तिका लागि आवेदम माग गरेको हो।
सामुदायिक विद्यालयहरुमा रिक्त हुन आउने शिक्षक दरबन्दी, राहत अनुदान कोटा, संघिय, प्रादेशिक तथा गाउँपालिका अनुदान कोटामा पदपुर्ति गर्न गाउँपालिकाको करार शिक्षक छनौट कार्यविधि २०८० अनुसार आवेदन मागिएको पालिकाले जनाएको छ ।
गाउपालिकाले माद्यामिक तहमा रिक्त हुने पदहरु अंग्रेजीमा ८ जना, नेपालीमा ८ जना, गणितमा ९ जना, विज्ञान १० जना र अर्थशास्त्रमा ९ जना साथै निम्न माध्यमिक तहमा अंग्रेजीमा १० जना, नेपालीमा ८ जना, गणितमा १०जना, विज्ञान १० जना गरी कुल ८२ जनाको संख्यामा शिक्षक पदपूर्तिका लागि विज्ञापन खुला गरेको छ ।
योग्यता पुगेका ईच्छुक उम्मेदवारहरुले भदौं ११ गतेभित्र आवेदन पेस गर्न सकिने छ । छनोटका लागि परीक्षाको किसिम शिक्षक सेवा आयोगले निर्धारण गरे अनुसार हुने जनाएको छ ।
यस्तो छ सूचना ।
