Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसइई ग्रेड वृद्धि परीक्षा आजदेखि; दुई लाख ९ हजार ७४० जना सहभागी हुँदै

एसइई ग्रेड वृद्धि परीक्षा आजदेखि; दुई लाख ९ हजार ७४० जना सहभागी हुँदै

  • 729
    SHARES

  • एसइई ग्रेड वृद्धि परीक्षा आजदेखि; दुई लाख ९ हजार ७४० जना सहभागी हुँदै

    साउन, २३ गते काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षा आजदेखि शुरु हुने भएको छ। परीक्षा बिहान ११ बजेदेखि सुरु भएर दुई बजेसम्म सञ्चालन हुनेछ भने पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ ।

    ग्रेड वृद्धि परीक्षामा सहभागी हुने दुई लाख ९ हजार ७४० जना परिक्षार्थिहरुको परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

    बोर्डका अनुसार अंग्रेजीमा एक लाख एक हजार ३८३ जनाले एनजी ल्याएका छन् । एनजी आउनेमा सबै भन्दा बढी अनिवार्य गणितमा छन् । बोर्डका अनुसार एक लाख ७७ हजार ९८५ जनाको गणितमा एनजी आएको छ । विज्ञानमा एक लाख २६ हजार रहेका छन् ।

    यस अघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए ।

    नियमित परीक्षाको नतिजामा नन ग्रेड आएका र एसइइ परीक्षामा अनुपस्थित भएका विद्यार्थीले पनि यो परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । परीक्षामा अुनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार ३१३ जना भए पनि दुई लाख ९ हजार ७४० मात्रैले यस परीक्षामा सहभागी हुन फारम भरेका छन् ।

    एसइईमा आधाभन्दा बढी परीक्षार्थीको नतिजा नन ग्रेडेड आएपछि चौतर्फी आलोचना भएपछि सरकारले सबै विद्यार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको थियो । यसअघि अधिकतम दुई वटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षा दिन पाउने व्यवस्था थियो ।

    images
    बुधवार, श्रावण २३ २०८१०८:४३:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार